RayNewsDaily
खानेपानीमन्त्री यादव र कृषिमन्त्री अधिकारीद्वारा राजीनामा  

रे समाचार/काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादव र कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले राजीनामा गरेको घोषणा गर्नुभएको छ । रासससँग कुरा गर्दै मन्त्री यादवले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाउन आफू प्रधानमन्त्री निवासतर्फ जान लागेको जानकारी दिनुभयो ।

ramnath_adhikari-1757402642.jpg
यसैबीच,  कृषि तथा पशुपन्छी विकासमन्त्री  अधिकारीले पनि पदबाट राजीनामा दिनुभएको छ । मन्त्री अधिकारीले सामाजिक सञ्जाल फेसबुकमार्फत पदबाट राजीनामा दिएको घोषणा गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाउन आफू प्रधानमन्त्री निवासतर्फ जान लागेको राससलाई जानकारी दिनुभयो । देश र जनतासमक्ष क्षमायाचना गर्दै आफूले पदबाट राजीनामा गरेको मन्त्री अधिकारीले बताउनुभयो ।     
     
   

प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२  १३:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update