गृहमन्त्रीको राजीनामा, छानवीन समिति बनाउने सरकारको निर्णय
-1757350413.jpg)
काठमाण्डू । जेन-जीको आन्दोलनका कारण उत्पन्न परिस्थितिप्रति नैतिक जिम्मेवारी लिँदै गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुभएको छ ।
आज साँझ बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन्त्री लेखकले राजीनामा बुझाउनु भएको हो । यसैगरी, मन्त्रिपरिषदको बैठकले आज भएको हिंसात्मक घटनाको छानवीन गर्न समिति गठन गर्ने निर्णय पनि गरेको छ।
नेपाल टेलिभिजनका अनुसार सामाजिक सञ्जाल खोल्ने विषयमा सकारात्मक छलफल भएको पनि एक जना मन्त्रीले जानकारी दिनुभयो ।
प्रकाशित मिति: सोमबार, भदौ २३, २०८२ २२:३८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय