
रे समाचार/काठमाडौं । काठमाडौँमा भएको जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु हुनेको संख्या १८ जना पुगेको छ । ट्रमा सेन्टरमा मात्रै ७ जनाको मृत्यु भएको छ भने एभरेस्ट अस्पतालमा ५ जनाको मृत्यु भएको छ ।
यो सहित उपचारका लागि सिभिल अस्पतालमा पुर्याइएका मध्ये ३ प्रदर्शनकारीको मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ । काठमाडौँ मेडिकल कजेलमा दुई जना जनाको मृत्यु भएको छ भने त्रिवि शिक्षण अस्पतालमा एक जनाको मृत्यु भएको छ । मृतकहरूको परिचय खुलिसकेको छैन । मृत्यु हुनेमा स्कुले बालबालिकाहरू पनि रहेका अस्पतालले जनाएको छ । अहिले काठमाडौँका विभिन्न अस्पतालमा २ सय बढी घाइतेको उपचार भइरहेको छ।
निजामती अस्पतालमा मात्रै १०० जनाभन्दा धेरै घाइतेको उपचार जारी रहेको पौडेलले जानकारी दिनुभयो । अन्य अस्पतालमा पनि घाइतेहरूलाई लगिएकोले यो संख्या बढ्न सक्ने देखिएको छ ।