RayNewsDaily
गोल्छा ग्रुपको ग्लोकल टिन हिरो नेपाल २०२५ बाट १७ वर्षीय अभियन्ता कृष यादव सम्मानित

काठमाडौँ । धनुषाका १७ वर्षीय अभियन्ता तथा सामग्री निर्माता कृष यादवलाई ‘गोल्छा ग्रुपले प्रस्तुत गरेको ग्लोकल टिन हिरो नेपाल २०२५ को उपाधि प्रदान गरिएको छ । 

ग्लोकल टिन हिरो पहलले विगत एक दशकदेखि शैक्षिक क्षेत्रभन्दा बाहिर उत्कृष्ट प्रदर्शन गर्ने किशोर-किशोरीहरूलाई मान्यता दिँदै उहाँहरूको असाधारण प्रतिभा प्रदर्शन गर्ने मञ्च प्रदान गर्दै आएको छ । सोही अनुरुप यो पटकको ग्लोकल टिन हिरो नेपालको धनुषाका १७ वर्षीय कृष यादवलाई प्रदान गरिएको हो । 

कृष प्रतियोगितामा छनोट भएका शीर्ष ६ जना अन्तिम प्रतिस्पर्धीहरूमध्येबाट उत्कृष्ट बन्दै सम्मानित हुनु भएको हो । अन्तिम छनोटको निर्णायक टोलीमा कोकाकोला नेपालकी कन्ट्री डाइरेक्टर चन्द्रिका कालिया, डब्लुडब्लुएफ नेपालका कन्ट्री डाइरेक्टर डा. घनश्याम गुरुङ गोल्छा ग्रुपकी निर्देशक सीमा गोल्छा, बोइथका अध्यक्षसुरज वैद्य र नेपालका लागि युरोपेली सङ्घका चार्ज डी’अफेयर्स थोमस मिलर हुनुहुन्थयो ।

WhatsApp-Image-2025-09-02-at-10.32.05-1756789893.jpeg
गोल्छा ग्रुपले प्रस्तुत गरेको ग्लोकल टिन हिरो नेपालको अन्तिम चरणका लागि शीर्ष ६ जना अन्तिम प्रतिस्पर्धीहरूलाई उहाँहरूको उपलब्धि, पहल, योगदान र कार्यको प्रभावका आधारमा छोटो सूचीमा राखिएको थियो । अन्तिम प्रतिस्पर्धीहरूले विभिन्न विषयमा आत्म-क्षमता कार्यशालाहरूको शृङ्खलामा पनि भाग लिने र उद्योगका नेताहरू तथा कर्पोरेट व्यक्तित्वहरूसँग आफ्नो ज्ञान बढाउने अवसर प्राप्त गरेका थिए ।

कृष कन्टेन क्रिएटर हुनुहुन्छ । समाजले कसरी कार्य गर्छ र विकसित हुन्छ भन्ने कुरा बुझ्नमा गहिरो रुचि राख्ने कृषले विभिन्न रचनात्मक टोलीको नेतृत्व गरेका गर्ने, सार्वजनिक बहसहरू सञ्चालन गर्ने र प्रमुख राष्ट्रिय मुद्दाहरूमा वृत्तचित्रहरू निर्माण गरेका गर्ने कार्य गर्दै आउनुभएको छ । कृषले अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको प्रतिनिधित्व पनि गर्नुभएको छ । 

प्रतियोगितमा किशोर-किशोरीहरूलाई उहाँहरूको आवेदन, रिजुमे, सहयोगी कागजात र उनीहरूको उपलब्धिका बारेमा लेखिएका निबन्धका आधारमा छनोट गरिएको थियो । उहाँहरूलाई सिर्जनात्मकता, उपलब्धि, प्रभाव र उहाँहरूको कामको दिगोपनाका आधारमा मूल्याङ्कन गरिएको थियो । 

हिजो सम्पन्न भएको पुरस्कार समारोहमा ललितपुरको कूटनीतिज्ञ, राजनीतिज्ञ, शिक्षाविद्, उद्यमी, युवा नेता, सेलिब्रेटीहरू र नेपालका विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । 

प्रकाशित मिति: मंगलबार, भदौ १७, २०८२  १०:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update