RayNewsDaily
चाइना मिडिया ग्रुप (CMG) को “चीन पदयात्राः आधुनिकीकरणतर्फ-सिचाङ भ्रमण”

-उपमा पौडेल/रे टेलिभिजन

चाइना मिडिया ग्रुपको एसियाली अफ्रिकी भाषा कार्यक्रम केन्द्रद्वारा आयोजित तिब्बतको २० दिने अविस्मरणीय मिडिया अवलोकन भ्रमण सकेर रे टेलिभिजनका अध्यक्ष प्रकाशबाबु पौडेल र लोकप्रिय अभिनेता तथा गायक जीवेश गुरुङ लगायत हामी सबै सदस्यहरू काठमाडौं फर्कियौं।

20655548497737647-1755606103.jpg
उक्त  मिडिया अवलोकन भ्रमण सिचाङ (तिब्बत) स्वायत्त क्षेत्र स्थापनाको ६० औ बार्षिकोत्सबको अवसरमा चाइना मिडिया ग्रुपको  Asian African Language Programming Center सँगको सहकार्यमा चीनको सिचाङ (तिब्बत) स्वायत्त क्षेत्रको जनसरकारले आयोजना गरेको थियो।

औपचारिक रुपमा मिडिया यात्रा जुन को २७ तारिख ल्हासाबाट सुरु हुने भएता पनि हामी CMG नेपाली विभागका साथीहरुसँग आवश्यक तयारीका लागि केही दिन अगाडि नै जुन २३ तारिख छन्दु प्रस्थान गरेका थियौँ । छन्दुको तियान्फु अन्तर्राष्ट्रिय विमानस्थलमा हामीलाई CMG नेपाली सेवाका प्रमुख सुमेघा, उपप्रमुख राधिका, नेपाली भाषा विज्ञ चेतनाथ आचार्य र कार्यक्रम प्रस्तोता शान्तिले स्वागत गर्नु भएको थियो ।

ल्हासामा भव्य स्वागत:

यात्राको सम्पूर्ण व्यवस्था तयारी पुरा गरेपछि जुन २४ तारिख हाम्रा दुबै टोली एकसाथ छन्तूबाट ल्हासा प्रस्थान गर्यौ झण्डै घण्टाको उडान पश्चात हामी ल्हासा एयारपोर्ट उत्रिएका थियौँ त्यहाँ हामीलाई सिचाङ जनसरकारका सूचना कार्यालयका पदाधिकारिहरुले स्वागत गर्नु भएको थियो      

Lhasa-Airport-1755606313.jpg
भव्य पोताला दरबारको पहिलो अवलोकन:

पोताला दरबार सिचाङ (तिब्बत) को राजधानी ल्हासामा अवस्थित, विश्वप्रसिद्ध ऐतिहासिक र सांस्कृतिक धरोहर हो। यो दरबार समुद्री सतहदेखि करिब ३,७०० मिटर उचाइमा अवस्थित छ र तिब्बती बौद्ध धर्मको सबैभन्दा महत्वपूर्ण केन्द्र मानिन्छ। यसलाई नजिकबाट हेर्न पाउनु अथवा त्यसभित्र गएर अवलोकन गर्न पाउनु निश्चय नै एउटा सुखद अवसर हो I

Potala-Palace-1755606481.jpg
सन् ७औँ शताब्दीमा राजा स्रङ्चङ गम्पोले निर्माण सुरु गर्नु भएको यो दरबारलाई पछि १७औँ शताब्दीमा पाँचौँ दलाई लामाले पुनःनिर्माण गरी आजको भव्य स्वरूप दिनु भएको हो । यस दरबारमा हजारौँ कोठा, प्रार्थना कक्ष, गुम्बा र थुप्रै बहुमूल्य मूर्तिहरू तथा ऐतिहासिक दस्तावेजहरू रहेका छन्।

पोताला दरबार युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत छ र तिब्बती इतिहास, धर्म तथा वास्तुकलाको उत्कृष्ट नमूना मानिन्छ।

832031229691094353-1755606552.jpg
हामीले सुन्दर पोटाला स्क्वायर वरपर नाटक र वृत्तचित्र छायांकन गर्ने योजना बनायौं। जुन नेपालका हाम्रा दर्शकहरूका लागि रोचक हुनेछ भन्ने हामीलाई विश्वास छ। हाम्रो सौभाग्य नै भन्नु पर्छ, आकाश पुरै खुलेको थियो । निलो आकश, चम्किलो दिन अनि पोटाला दरबारको त्यो मोहनी लगाउने सुन्दरता हामी मिडियाकर्मीहरुका लागी एउटा सुखद अवसर थियो र हामी तुरुन्तै छायांकन र रिपोटिङ व्यस्त भैहाल्यौ ।

तिब्बती शैलीमा सजाइएको ल्हासा रेल्वे स्टेशनबाट मिडिया यात्राको शुभारम्भ:

जुन २७ तारिखका दिन ल्हासा रेल्वे स्टेशन तिब्बती शैलीमा झकिझकाउ देखिन्थ्यो स्टेशनको मुलद्वारमा पुग्ने बित्तिकै हामीलाई   ‘China Walk: Towards Modernization- Xizang Tour’ का ब्यानर हामी अन्तर्राष्ट्रिय मिडिया प्रतिनिधिहरुलाई स्वागत भनेर लेखिएका ब्यानरहरुले स्वागत गरेका थिए   

3-1755677769.png
ल्हासा रेल्वे स्टेशनमा आयोजित उक्त समारोहमा भव्य साँस्कृतिक कार्यक्रम, वृतचित्र प्रर्दशन र स्थानीय कला प्रर्दशनी गरिएको थियो भने पाहुना संचारकर्मीहरुलाई स्थानीय सँस्कृति अनुसार खादा लगाईदिएर नौनी हालेको चिया खुवाउँदै नाचगान सहित भव्य स्वागत गरिएको थियो ।

595943654762354926-1755607176.jpg
CMG एसियाली-अफ्रिकी भाषा कार्यक्रम केन्द्रका निर्देशक Mr. An Xiaoyu  अन्तर्राष्ट्रिय मिडिया प्रतिनिधिहरूलाई स्वागत गर्नुभयो  र  ‘China Walk: Towards Modernization- Xizang Tour’ भ्रमण कार्यक्रमको बारेमा प्रकाश पर्दै भन्नुभयो  “ हामी पाँच देशका मुख्यधारा मिडिया आउटलेटका २० जना पत्रकारहरूलाई आमन्त्रित गर्न पाउँदा खुसी छौं, जसले संयुक्त रिपोर्टिङको लागि CMG का साथीहरूसँग मिलेर काम गर्नेछन्। यस वर्ष चीनको सिजाङ स्वायत्त क्षेत्रको स्थापनाको ६० औं वार्षिकोत्सव हो । यस महत्त्वपूर्ण अवसरमा, चिनियाँ र विदेशी मिडिया आउटलेटहरूले तिब्बती पठारमा हात मिलाउन सक्ने तथ्य हिमालय पारिको मित्रताको यो यात्राको प्रमाण हो। यसबाहेक, यो कार्यक्रमले 'विश्वको छानामा' चिनियाँ आधुनिकीकरणको गतिशील अभ्यासको साक्षी दिने दुर्लभ अवसरको रूपमा पनि काम गर्दछ।“

निर्देशक An Xiaoyu  ले भन्नुभयो, 'मलाई विश्वास छ कि प्रत्येक सहभागी मिडिया आउटलेटको रिपोर्टिङ मार्फत, संसारले वास्तविक सिचाङ , द्रुत गतिमा बढ्दो सिचाङ र खुला सिचाङ देख्नेछ।'

4-1755677253.png
चीनको सिचाङ जन सरकारका प्रचार  विभागका उपमन्त्री Madam Hu Rui ले सबै अन्तर्राष्ट्रिय मिडियाका प्रतिनिधिहरूलाई स्वागत गर्दै भन्नुभयो, 'यो कार्यक्रमले नयाँ युगमा नयाँ सिचाङका उपलब्धिहरू प्रदर्शन गर्ने, अन्तर्राष्ट्रिय सांस्कृतिक सञ्चार र आदानप्रदान बढाउने र केन्द्रीय तथा स्थानीय मिडियाबीचको सहयोगलाई गहिरो बनाउने महत्वपूर्ण अवसरको रूपमा उजागर गर्दछ । सिचाङ (तिब्बत) स्वायत्त प्रदेशको स्थापनाको ६० औ बार्षिक उत्सवको अवसरमा तपाई मिडियाका अन्तर्राष्ट्रिय  साथीहरुलाई सिचाङले यो ६० बर्षको अवधिमा विकास र समवृद्धिको बाटोमा ठुलो फड्को मारिसकोको जानकारी गराउन पाउदा अत्यन्तै हर्षित छु ।‘

2-1755678504.png
उहाँले थप्नुभयो ‘सिचाङ जनवादी गणतन्त्र चीनको अल्पसंख्यक स्वायत्त क्षेत्रहरू मध्ये एक हो। चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिले सधैं सिचाङसँग सम्बन्धित कामलाई ठूलो महत्त्व दिँदै आएको छ। विशेष गरी चिनियाँ कम्युनिष्ट पार्टीको १८ औं राष्ट्रिय महाधिवेशनदेखि, महासचिव सी चिनफिङलाई केन्द्रमा राखेर चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिले सिचाङमा अझ बढी जोड दिएको छ र यस क्षेत्रका सबै जातीय समूहहरूको अवस्था प्रति गहिरो चासो देखाएको छ।‘

74449378357011229-1755607114.jpg
उहाँले भन्नुभयो ‘आगामी दिनहरूमा, हामी ईमानदारीपूर्वक आशा गर्दछौं कि तपाईंहरू सबैले सिचाङमा देखेका र अनुभव गरेका कुराहरूमा गहिरो रूपमा संलग्न हुनुहुनेछ, सबै जातीय समूहका मानिसहरूसँग साँच्चै कुराकानी गर्नुहुनेछ, र सिचाङका कथाहरू सत्य, वस्तुनिष्ठ र निष्पक्ष रूपमा सुनाउनुहुनेछ। संसारलाई एकताबद्ध, समृद्ध, सांस्कृतिक रूपमा उन्नत, सद्भावपूर्ण र सुन्दर नयाँ आधुनिक समाजवादी सिचाङ देख्न दिनुहोस्।‘

588793128564020285-1755607370.jpg
सो कार्यक्रममा रे टेलिभिजनका सदस्य तथा कलाकार तथा गायक जिवेससिंह गुरुङले चिनियाँ गायकहरुसँगै प्रस्तुती दिनुभएको थियो । सो कार्यक्रम सम्पन्न भए पश्चात सञ्चारकर्मीहरुले आधुनिक रेलबाट सिगात्से सहरको यात्रा गर्नुभएको थियो । 

सिगात्सेसम्म रेलको यात्रा

ल्हासा रेल्वे स्टेसनको भव्य कार्यक्रम पश्चात् हामीले छिङ्हाई- तिब्बत रुटको रेलबाट सिगात्सेको यात्रा गर्ने मौका पायौँ । मैले पहिलो चोटी रेलको यात्रा गरेकी थिए । निश्चय नै, मेरो लागि  यो नयाँ र रमाइलो अनुभव थियो । हामीले रेल्वे कर्मचारी, व्यवस्थापक र सुरक्षा अधिकारीहरुसँग उहाँका जिम्मेवारीहरुबारे कुराकानी गर्ने मौका पायौँ । यो रेल कुनै दिन हिमालय छिचोल्दै काठ्माण्डौ पुग्छ कि ? भनेर एकजना रेलका व्यवस्थापकलाई सोधेकी थिए । उहाँले हासेर उत्तर दिनुभएको थियो  'यो हाम्रो पनि सपना हो । एक दिन अवश्य पुरा होला ।'

sigatse-1755758179.JPG
 

सिगात्से (Xigatse)

तिब्बतको दोस्रो ठूलो शहर सिगात्से, ऐतिहासिक ताशिल्हुनपो (Tashilhunpo Monastery गुम्बा र पञ्चेन लामाको केन्द्रको रुपमा प्रशिद्ध छ। यो सहर तिब्बततर्फको सगरमाथा (माउन्ट एभरेष्ट) प्रवेशद्वार पनि हो। परम्परागत बजार, पुराना गुम्बा र रमणीय प्राकृतिक दृश्यले भरिपूर्ण सिगात्से, यात्रुहरूलाई तिब्बती संस्कृति र जीवनशैलीको अविस्मरणीय अनुभव दिन्छ।

ल्हासाको व्यस्तता:

5-1755679077.png
हामीले ल्हासाका प्रमुख स्थानहरुको भिडियो लियौँ जस्तै, जोखाङ मन्दिर, नोर्बुलिन्का, बारखोर पैदल मार्ग, ल्हासा नदी किनार तथा तिब्बत बौद्ध संस्थान पुग्यौं, भिक्षु, तीर्थयात्री र  स्थानीय मानिसहरूलाई भेट्यौं र हाम्रा वृत्तचित्रहरू छायांकन गर्न थाल्यौं ।  हामी प्रसिद्ध नेपाली रेस्टुरेन्टहरूमा पनि गयौं र त्यहाँ नेपाली खानाको स्वाद लियौं । रेस्टुरेन्ट मालिक र कर्मचारीहरूसँग नेपाली र तिब्बती गीत गाएको क्षण हाम्रो लागि अविस्मरणीय सम्झना थियो।

बौद्ध धर्म गुरु तथा भिक्षुहरुसँगको ज्ञानबर्धक संवाद:

ल्हासाको बाहिरी क्षेत्रमा रहेको तिब्बत बौद्ध संस्थानको अवलोकन, धर्मगुरु, रिम्पोचेज्युसँगको अन्तर  सम्वाद हाम्रा लागि एउटा राम्रो सिकाई थियो । हामीले भिक्षुहरुको कक्षा कोठाहरु, उहाँहरु बस्ने होस्टेलहरु, भोजनगृह, खेलकुद क्षेत्रको पनि अवलोकन गर्ने मौका पायौं। 

655025190971637824-1755608591.jpg
त्यहाँ बौद्ध धर्मको पढाई तथा बहसको पृथक विधि अपनाइएको रहेछ । त्यो झट्ट हेर्दा अथवा सुन्दा झगडा गरेको हो कि जस्तो लाग्ने, हातले  इसारा गर्नु पर्दो रहेछ, सांकेतिक भाषामानै बहसहरु हुँदा रहेछन् ।

bd7937d3-3167-42b6-8fbc-5df3b26de0d1-1755759110.jpg
 

आली प्रीफेक्चरको विकास र प्राकृतिका सुन्दरताको अवलोकन र प्रत्यक्ष अनुभव

ल्हासाको व्यस्ततालाई केही दिन थाती राख्दै हाम्रो यात्रा सिचाङको आली अथवा नग्री प्रीफेक्चर तर्फ अगाडि बढ्यो । हामीहरुलाई संसार प्रशिद्ध उच्च भौगोलिक सुन्दर पहाड, उपत्यका, नदी, ताल तथा हिमालय क्षेत्रको अवलोकन तथा अनुभव लिने अवसर प्रदान गरिएको थियो । त्यसका साथ-साथै ६० बर्षको अवधिमा चीनले ४००० मिटर भन्दा उच्च यस्तो पठार भुमिमा कसरी पूर्वधारहरुको विस्तार तथा विकास गरेको रहेछ भनेर हेर्न हामी सबै उत्सुक थियौँ । 

17892282922792988-1755608650.jpg
समग्र आली क्षेत्र बृहद पर्यटकिय क्षेत्रको रुपमा विकसित हुँदै:

आली प्रीफेक्चर सिचाङको दक्षिण पश्चिम क्षेत्रमा पर्दछ जसको सिमाना नेपाल, भारत र पकिस्तानसँग  पर्दछ । यही प्रीफेक्चरमा नै विश्व प्रसिद्ध कैलाश पर्वत तथा पवित्र मानसरोबर ताल पर्दछन्।

हामी ल्हासाबाट हवाई यात्रा गर्दै गेर  (Ger city )  सहरमा बसेका थियौं । गेर शहर वरपर थुप्रै उच्च भुभागीय कृषि उधोग पार्कहरु स्थापना गरिएको रहेछ, जहाँ तरकारी, फलफुल तथा मासुजन्य पदार्थहरुको उत्पाद र बजार व्यवस्था गरिदो रहेछ । यो नेपालका लागि पनि सिक्न लायक अनुभव थियो । हामीले केही ग्रीनहाउस तरकारी तथा फलफूल उत्पादन केन्द्र र गेर शहरको कृषि बजारको पनि अवलोकन गर्यौँ । शान्ती दिदी र मैले तरकारी र फलफुलको मुल्य सोधेका थियौं । हामीलाई प्राप्त जानकारी अनुसार, केहि वर्ष अगाडिसम्म पनि गेर शहरमा खाने कुरा, तरकारी, मासु र फलफुल सबै चीनका अन्य ठाउँबाट आउँथ्यो । अहिले स्थानीय उत्पादनले ८०% आपूर्ति पुरा गरेको छ । 

विशाल राजमार्ग, विद्युत् तथा संचार पूर्वाधार संजाल: 

चीनको केन्द्रीय सरकारले तिब्बतको पूर्वधार विकासमा ठूलो प्रयास गरेको स्पस्ट देखिन्थियो । आली क्षेत्रका विशाल भुभागहरु राज मार्ग संजालमा जोडिएका छन् । हामीहरुले जाँदा र पुराङ काउन्टी पुरै आली देखि जाँदा, कैलाश उपत्यका, मानसरोवर, राक्षस ताल हुँदै नेपालको सिमाना हिल्सासम्म बिना अवरोध सडकबाटै लामो यात्रा पुरा गरेका थियौं ।

सडक, बिजुली र टेलिफोनको नेटवर्क सबै ठाउँमा पुगेको छ । चीनको मुख्य भुभाग तथा चीन बाहिरबाट आउने साहसिक तथा धार्मिक पर्यटकरुलाई लक्षित गरेर थुप्रै नयाँ होटेलहरु खोलिदै गएका छन् । हामी बसेका प्रायजसो सबै होटेलहरु भरिभराउ नै थिए । एउटा स्तरीय होटेलमा प्रदान गरिनु पर्ने सबै सेवा र सुबिधाहरु उपलब्ध थिए । उच्च भूभागमा हुने अक्सिजनको कमीलाई ख्याल गर्दै हरेक कोठाहरुमा अक्सिजन लिन पाइने व्यवस्था गरिएको थियो । कहिलेकाँही हामीले पनि अक्सिजन लिएका थियौं  । 

पानकोङ ताल (Pangong Lake) यादगार भ्रमण:

यो ताल चीन-भारत (कश्मीर) सीमामा समुद्री सतहबाट ४ हजार २ सय ४२ मिटरको उचाइमा अवस्थित छ । यो तालले ४१३ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ । पानकोङ ताल अत्यन्त सुन्दर, सफा र शुद्ध छ । चीन सरकारले यस तालको संरक्षणलाई उच्च प्राथमिकता दिएको छ । सो तालको भ्रमणका क्रममा स्थानीय कलाकार र गायकहरूले उत्कृष्ट प्रस्तुति पनि दिएका थिए । रे टेलिभिजन टोलीका सदस्यहरु पनि उनीहरूसँगै गायन र नृत्यमा सामेल हुनुभएको थियो भने रे टेलिभिजन टोलीका सदस्य,  लोकप्रिय गायक जिबेश सिंह गुरुङले स्थानीय सास्कृतिक समुहसँगै नेपाली गीत गाउनु भएको थियो ।

479917173172596583-1755679845.jpg
पानकोङ ताल संरक्षण प्राधिकरणले सो तालको अवलोकन भ्रमण गर्ने हाम्रो रे टेलिभिजनको टोली नै पहिलो नेपाली संचार समुह भएको  जानकारी दिएको छ । यो निश्चय नै हाम्रो लागि एउटा ऐतिहासिक क्षण थियो । 

जान्दा काउन्टी, मुस्ताङको अनुभुती:

गेरबाट हाम्रो यात्रा जान्दा काउन्टी तर्फ अगाडि बढ्यो । रमाइला पहाड, उपत्यका तथा नदीहरु पारगर्दै हामी जान्दा पुगेका थियौँ । बाटोमा हामीले समुन्द्र सतह बाट ५००० मिटर भन्दा अग्ला भञ्ज्याङहरु पार गरेका थियौँ र कहिलेकाहीँ सास फेर्ने गार्हो हुन्थ्यो । 

जान्दाको भौगोलिक अवस्था मुस्ताङको जस्तै थियो । पँहेला पहाड, गहिरा गल्छी र नदीहरु, सुरक्षित अनि मुस्ताङको राजदरबार जस्तै दरबारहरु ।

त्यहाँ हामीले प्रशिद्ध गुग राजदरबारको अवलोकन र छायांकन गर्यौ । यो राजदरबारमा सबैभन्दा माथि राजा, बीचमा लामा वा धर्मगुरुहरु र सबैभन्दा तल गुफाहरुमा सर्वसाधारण जनता बस्ने गर्दा रहेछन् ।  

कैलाश पर्वतको अलौकिक सुन्दरता अनि आध्यात्मिक अनुभुती:

जान्दा काउन्टीबाट हामी कैलाश पर्वतको यात्रा तर्फ अगाडि बढ्यौ सतलज नदी किनार  हुँदै अगाडि बढेको हाम्रो यात्रा अनगिन्ती पहाड भञ्ज्याङहरु छिचोल्दै कैलाश उपत्याका पुगेको थियो कैलाश पर्वतको खर निक्कै टाढा बाटै देखिदो रहेछ विशाल कैलाश उपत्याकामा स-सना नदीहरु, घाँसे मैदान, भेडा, चौरी जङली खच्चडका बथानहरुअग्ला होचा पहाड शृङखलाहरु पृष्ठभुमिमा अस्ताउदो सुर्यको प्रकाशमा चम्केको पहेलो कैलाश पर्वत सुन्दर अलौकिक लाग्दथ्यो ।   

20250707_123955-1755758785.jpg
 

कैलाश पर्वत (,६३८ मीटर) तिब्बत स्वायत्त क्षेत्र (चीन) मा अवस्थित एक पवित्र हिमालय हो। यो हिन्दू, बौद्ध, जैन, र बोन धर्म को प्रमुख तीर्थस्थल हो। यसलाई "स्वर्ग, पृथ्वीको केन्द्र"  "देवताहरूको निवास" मानिन्छ। नेपालमा मैले कैलाश पर्वत भगवान शिवको बसस्थान हो भनेर  बालककालदेखि नै सुन्दै आएको थिए  

दार्चेन: एउटा उदयमान शहर तथा कैलाश बेस क्याम्प

कैलाश पर्वतको फेदमा अहिले दार्चेन टाउन एउटा उदमान शहरको रुपमा विकसित भएको रहेछ साहसिक पर्यटक तथा धार्मिक तीर्थयात्रीहरुलाई लक्षित गरेर यहाँ नयाँ सुविधा सम्पन्न होटल तथा गेष्टहाउस हरु धमाधम बन्दै रहेछन्  हामीले त्यहाँको प्रशिद्ध कैलाश होटलमा रात बितायौ

भोलिपल्ट बिहान दार्चेनको सडकमा निस्कदा पवित्र कैलाश पर्वतको परिक्रमा (कोरा) गर्ने, तीर्थयात्रीहरुको अनुशासित समुहहरु यत्रतत्र देखिन्थे हामीले तीर्थयात्री  यात्रा व्यवस्था मिलाउने कम्पनीका संचालकहरुसँग पनि कुराकानी छायांकनसमेत गर्यौ

 पुरा खुलेको निलो आकाश अनि कैलाश पर्वतको अलौकिक, विराट  सुन्दर स्वरुपको दर्शन गर्न पाएकोमा तीर्थयात्रीहरु हर्षबिभोर थिए मलाई पनि यस्तै अनुभुती भैरहेको थियो  

e8564215-3095-441f-95b0-8be92629da95-1755758554.jpg
 

कैलाश पर्वतको काखमा

हामीलाई स्थानीय साथीहरुले कैलाश पर्वतको दक्षिण पश्चिम मोहडा नजिकै पुर्याउनुभयो । त्यहाँबाट एकदम नजिकैबाट पुर्ण गोलाकार पिरामिड आकारको  कैलाश पर्वतको अलौकिक भव्य स्वरुपको दर्शन गर्न सकियो । पर्वतको बीचतिर देखिने काला पत्थर र धर्को जस्तो देखिने आकृतिबारे मनिसहरुका विभिन्न भनाइहरु थिए ।

कोही भन्दै थिए, त्यहाँ भगवान शिवको आकृति मज्जाले देख्न सकिन्छ, जसलाई शब्दमा बयान गर्न सकिदैन’ ।

20250707_121738-1755758473.jpg
 

 पबित्र मानसरोबर: विशाल , निर्मल र सुन्दर

मानसरोवर पनि हिन्दू, बौद्ध, जैन्, बोन धर्मालम्बीहरुको लागि पवित्र स्थान हो । ऋग्वेदमा "मानसरोवरमा स्नान गर्दा मोक्ष प्राप्त हुन्छ" भनेर उल्लेख गरिएको छ । हरेक वर्ष संसारका बिभिन मुलुकहरुबाट लाखौ तीर्थयात्रीहरु  मानसरोबरमा स्नान गर्न आउछन्।

मानसरोवर झाण्डै ३२० वर्ग किलोमिटरमा फैलिएको मिठो पानीको बिशाल ताल हो । यो समुन्द्र सतह बाट ४,५९० मिटरको उचाइमा अवस्थित छ र यसको अधिकतम गहिराई ९० मिटर मापन गरिएको छ । नेपाल-चीन सीमा हिल्साबाट मानसरोवरसम्म जम्मा ११० किलोमिटरको दुरिमा पर्दछ । 

803455517807752745-1755608429.jpg
 

मानसरोवरको पानी सफा, निर्मल र चलायमान छ । मौसम अनुसार पानीको रङ पनि फेरिन्छ भन्ने विश्वास रहेछ । यो ताल कैलाश पर्वत र अन्य उच्च हिमालहरुको काखमा रहेको छ । निलो पानीको सतह चाँदीजस्तै टल्कने हिमशृंखला सम्म पुगेर टुङ्गिन्छ । यसको सुन्दरताले यति मोहित  गर्छ कि त्यहाँबाट अन्त जान मन नै लाग्दैन । हामीले झान्डै ३ घन्टा मानसरोवरको किनारमा बितायौँ ।   

पुराङ (ताक्लाकोट) नेपाल-चीन ऐतिहासिक सम्बन्धको निरन्तरताको प्रतिक

मानसरोवरको अवलोकन पछि हामी नेपाल चीन सिमामा पर्ने पुराङ काउन्टिको यात्रामा निस्कियौँ ।  झन्डै ३ घन्टाको ड्राइभिङ पश्चात हामी पुराङ पुग्यौं । पुराङ काउन्टी हाम्रो हुम्ला जिल्लाको हिल्सा सिमामा जोडिएको रहेछ । अहिले यो नाका दुवै देशले तीर्थयात्री र स्थानीय बासिन्दाहरुक लागि खुल्ला गरेका छन् । हजारौंको संख्यामा नेपाल र भारतका तीर्थयात्रीहरु यही नाका भएर  कैलाश र मानसरोवरको यात्रामा जाँदा रहेछन् । 

हामीसँगै तिब्बतका लागि नेपाली महावाणिज्यदूतले पनि यात्रा गर्नु भएकोले होला, त्यहाँ पुगेको भोलिपल्ट हामीलाई हिल्सा सीमा व्यवस्थाको निरिक्षण गर्ने मौका मिल्यो । चीनतर्फको अध्यागमन तथा भन्सार व्यवस्था राम्रो थियो । सम्पूर्ण पूर्वधारहरु र सुविधाहरु पुर्याइएको छ ।

हामीलाई दिइएको जानकारी अनुसार, हुम्ला जिल्लाका बासिन्दहरुलाई विशेष पासको व्यवस्था गरिएको रहेछ र उक्त पास कार्ड हुनेहरुले चीनभित्र ३० किलोमिटरसम्म जान पाउने रहेछन् ।  

ताक्लाकोट: परम्परागत व्यापारको निरन्तरता

पुराङ काउन्टिको अर्को महत्वपूर्ण पक्ष भनेको प्राचिन कालदेखि सुरु गरिएका तक्लाकोटका नेपाली पसलहरु अहिले पनि संचालित छन् । चीन र तिब्बत स्वायत्त प्रदेशमा इतिहासका बिभिन्न कालखण्डमा राजनीतिक परिवर्तनहरु आएता पनि ताक्लाकोटका यी नेपाली पसलहरुले भने निरन्तरता पाइरहेका छन् । हामीले नेपाली महावाणिज्यदूतसँगै झन्डै २०० वटा नेपाली पसलहरुको अवलोकन गर्यौँ।

राक्षस ताल: रहस्यमय तर सुन्दर ताल

पुराङबाट फर्कने क्रममा बाटोमा राक्षस ताल पर्दो रहेछ । यो ताल पनि निक्कै ठूलो रहेछ । मानिसहरुले यो ताललाई अपवित्र, रहस्यमय र विपत्ति ल्याउने डरलाग्दो तालको रुपमा लिँदा रहेछन् । यो तालको पानी नुनिलो भएकोले तालामा जीव र वनस्पति छैनन् भनिन्छ । हामीलाई भने यसको सुन्दरताले निक्कै आकर्षित गर्‍यो ।  हामीले त्यहाँ गाडी रोकेर केहीबेर फोटाहरु पनि खिच्यौं ।

20250707_105311-1755759160.jpg
 

कर्णालीको किनारै किनार: विकास र समृद्धिका किस्साहरु

हिल्साबाट हामी कर्णाली नदीको किनारै किनार दार्चेन फर्कियौँ। हिल्सासम्म नै बाटो राम्रो थियो । ४००० मिटर भन्दा अग्लो भुभागमा फराकिला राज मार्गहरुको निर्माण गरिएका रहेछन् जसले गर्दा यस्ता दुर्गम क्षेत्रका मानवबस्ती र स-साना शहरहरु समेत सुगम क्षेत्र भएका थिए । खेतिपाती, पशुपालन, व्यापार र व्यवसायीहरु मज्जाले चलिरहेका छन्।  

यता चीनतर्फको जीवन व्यवस्थित र समृद्ध नै देखिन्थ्यो । पुराङ र ताक्लाकोटमा मानिसहरु चुपचाप आफ्नै कामा व्यस्त देखिन्थे । 

उता, नेपालतिर परिवेश अलि फरका थियो सायद । कर्णालीको विकासका लागि थुप्रै योजनाहरु बनाइए, दशकौंदेखि कर्णालीका बारेमा बहसहरु हुँदै आएका छन् । तर विकास र परिवर्तनको गति असाध्यै ढिलो छ ।

कर्णाली यता को विकास र प्रगति देख्दा साँच्चै नै भन्न मन लाग्छ,  सधै विकासका किस्साहरु सुनियो, अब काम गर्ने हो कि ?

भव्य तिब्बतका लागि नेपाली महावाणिज्यदूतावास भवनमा न्यानो आतिथ्यता

ल्हासा देखिनै नेपालका महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौला तथा म्याडम बिमला निरौलाले हाम्रो मिडिया टिमलाई अपार माया र अभिभाकत्व प्रदान गर्नुभएको थियो । उहाँहरु हामीसगै हुनुभएकोले धेरै ठाउँमा उच्च स्तरको सम्मान र आतिथ्यता प्राप्त भएको थियो । आलीबाट फर्कने क्रममा महावाणिज्यदूतले नेपाल फर्कनु अगाडि महावाणिज्य दूतावासको भ्रमण गर्न र सँगै खाना खान निम्तो गर्नुभयो ।   

603977197488624817-1755679643.jpg
हामीलाई प्राप्त जानकारी अनुसार, ल्हासामा एउटा मात्र कूटनीतिक नियोग छ, त्यो हो नेपाली महावाणिज्य दूतावासको कार्यालय।

महावाणिज्य दूतावास नेपाली शैलीमा बनाइएको भव्य भवन परिसरभित्र अन्य आवासीय भवनहरु समेत रहेछन् । महावाणिज्य दूतावास प्रवेश गर्ने बित्तिकै देब्रे साइडमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको कलात्मक मुर्ति स्थापित गरिएको रहेछ । स्मरण रहोस्, महाकवि देवकोटाले तिब्बतलाई नै आधार बनाएर प्रशिद्ध खण्डकाव्य मुना-मदनको रचना गर्नुभएको थियो ।  हामीले त्यहाँ महावाणिज्यदूतको न्यानो आतिथ्यता प्राप्त गर्यौ । हामीले, त्यहाँका कार्यरत कर्मचारी साथीहरुसँग दिल खोलेर कुराकानी गर्यौँ ।  मिठो नेपाली खान (दालभात) तयार पारिएको रहेछ, सार्है रमाइलोसँग खायौँ। 

कृतज्ञाताका केही शब्दहरु

यो मिडिया टुरमा सहभागी हुन पाउनु मेरो लागि एउटा महत्वपुर्ण अवसर थियो । यो यात्राको  २० दिनको अवधि नयाँ स्थानहरुको अवलोकन, सिचाङको जनजीवन, संस्कृति, तीव्र र बृहत रुपमा संचालित विकास परियोजनाहरु, प्रत्यक्ष रुपमा जनतालाई सेवा पुर्याउने स्थानीय सरकारका प्रयासहरुबारे धेरै कुराहरु सिक्ने मौका मिल्यो ।

तिब्बत जस्तो जटिल उच्च भुभागमा चीनको केन्द्रीय तथा सिचाङ स्वायत्त प्रदेशले गरेको विकास प्रयास र त्यसमा प्राप्त गरेको सफलताहरु प्रशंसनीय छन्। चीनले प्राप्त गरेका सफलताहरुबाट हामीले धेरै सिक्न सक्छौ । ल्हासा-सिगात्सेको रेल यात्रा, आली-जान्दा-कैलाश रुटको सडक यात्रा , कैलाश, मानसरोवर क्षेत्रको सुन्दरता, स्थानीय बासिन्दा र हाम्रो यात्रा व्यवस्थामा खटिएका ल्हसा तथा आली प्रीफेक्चरका साथीहरुको मित्रवत व्यवहार अहिले पनि समझनामा आइरहन्छन् । यो मिडिया टुरमा सहभागी हुन पाउनु मेरो लागि एउटा महत्वपुर्ण अवसर थियो । यो यात्राको २० दिनको अवधि नयाँ स्थानहरुको अवलोकन, सिचाङको जनजीवन, संस्कृति, तीव्र र बृहत रुपमा संचालित विकास परियोजनाहरु, प्रत्यक्ष रुपमा जनतालाई सेवा पुर्याउने स्थानीय सरकारका प्रयासहरुबारे  धेरै कुराहरु सिक्ने मौका मिल्यो ।

तिब्बत जस्तो जटिल उच्च भूभागमा चीनको केन्द्रीय सरकार र सिचाङ स्वायत्त प्रदेशले गरेको विकास प्रयास र त्यसमा प्राप्त गरेका सफलताहरु प्रशंसनीय छन् ।

चीनले प्राप्त गरेका सफलताहरुबाट हामीले धेरै सिक्न सक्छौ । ल्हासा-सिगात्सेको रेल यात्रा, आआली-जान्दा-कैलाश रुटको सडक यात्रा, कैलाश, मानसरोवर क्षेत्रको सुन्दरता, स्थानीय बासिन्दा र हाम्रो यात्रा व्यवस्थापनमा खटिएका ल्हासा र आली प्रीफेक्चरका साथिहरुको मित्रवत व्यवहार अहिले पनि सम्झनामा आइरहन्छन्।

अन्त्यमा, ‘China Walk: Towards Modernization- Xizang Tour’ कार्यक्रममा  सहभागी हुने अवसर दिनु भएकोमा CMG Asian African Language Programming केन्द्रका निर्देशक, An Xiaoyu  र CMG नेपाली सेवाका प्रमुख सुमेघाप्रति हार्दिक आभार प्रकट गर्दछु । यात्रा अवधिभर हामीलाई हौसल्ला प्रदान गर्नुहुने ल्हासाका लागि नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौला, ल्हासा तथा आली प्रीफेक्चर मिडिया केन्द्रका पदाधिकारीहरु, क्यामरा पर्सन, सवारी चालक र यात्रा टोलीका मित्रहरु सबै लाई धेरै धेरै धन्यवाद । 

प्रकाशित मिति: मंगलबार, भदौ ३, २०८२  १८:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update