बलात्कार आरोपमा मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक पोखरेल पक्राउ
काठमाडौं । एक युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक तथा इञ्जिनियर हरिकुमार पोखरेललाई प्रहरीले पक्राउ गरेको छ ।
पोखरेललाई काठमाडौँको त्रिपुरेश्वरबाट आज पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले राससलाई जानकारी दिनुभयो ।
एक युवतीले पोखरेलविरुद्ध बलात्कारको आरोपसहित उजुरी दिएपछि अनुसन्धानका लागि पक्राउ गरिएको हो ।
प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८० १३:५४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
