छाँगावरोहण गर्दा लडेर २२ वर्षीया युवतीको निधन
गण्डकी । छाँगावरोहण (क्यानोनिङ) गर्ने क्रममा लडेर पोखरा महानगरपालिका-२६ बूढीबजारकी २२ वर्षीया अञ्जिता भण्डारीको निधन भएको छ ।
बुधबार अपरान्ह माछापूछच्छ्रे गाउँपालिका-९ घलेलस्थित झरनामा ‘क्यानोनिङ’ गर्ने क्रममा लडेर घाइते हुनुभएकी भण्डारीको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । रासस
प्रकाशित मिति: बिहीबार, साउन ११, २०८० १७:२८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
