RayNewsDaily
‘साइबर’ कानुनबारे गाउँका विद्यार्थीलाई पढाउँदै प्रहरी   

ओखलढुङ्गा । साइबर अपराध हुन नदिन विद्यार्थीमार्फत समुदायमा चेतना फैलाउन प्रहरीले यहाँका विद्यालयमा साइबार कानुनसम्बन्धी कक्षा सञ्चालन गरेको     
    
कक्षा देखि १२ सम्मका विद्यार्थीलाई प्रहरीले पढाउन थालेको सिद्धिचरण नगरपालिका११ को जाल्पा माध्यमिक विद्यालयबाट सुरु भएको साइबर अपराध न्यूनीकरणबारे सचेतना कक्षा ओखलढुङ्गाका सबै पालिकाका विद्यालयमा सञ्चालन हुने जिल्लाका प्रहरी प्रमुख मदन केसीले राससलाई बताउनुभयो     
    
जाल्पा माध्यमिक विद्यालयका शिक्षक बेचन अधिकारीले अभियानबाट विद्यार्थीमा चेतना अभिवृद्धि हुनुका साथै समाजमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गर्नुभयो प्रहरी मेरो साथीभनाइलाई यस्ता अभियानले सार्थक बनाउने उहाँले बताउनुभयो     
    
यसैबीच, जिल्लाका दुर्गम क्षेत्रका विद्यालयमा पनि कक्षा सञ्चालन हुनुपर्नेमा स्थानीयले जोड दिएका छन् यसअघि पनि जिल्ला प्रहरी कार्यालयले जिल्लाका विभिन्न विद्यालयमा बालविवाह लागुऔषधविरुद्ध कार्यक्रम सञ्चालन गरेको थियो  रासस   

प्रकाशित मिति: बुधबार, जेठ ७, २०८२  १३:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update