RayNewsDaily
बजेट अधिवेशन आह्वान

रे समाचार/काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले  संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ ।मन्त्रिपरिषद्को हिजो बसेको बैठकको सिफारिसका आधारमा राष्ट्रपति पौडेलले बजेट अधिवेशन आह्वान गर्नुभएको हो । 

संविधानको धारा ९३ को उपधारा १ बमोजिम वैशाख १२ गते शुक्रबार दिउँसो १ बजेका लागि राष्ट्रपतिले अधिवेशन आह्वान गर्नुभएको राष्ट्रपति कार्यालयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

संघीय संसदमा विचाराधीन रहेको विद्यालय शिक्षा विधेयक यथासक्य छिटो पारित गर्ने समेतका प्रयोजनका लागि अधिवेशन बोलाइएको सरकारले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख ३, २०८२  १४:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update