RayNewsDaily
मधेस प्रदेशसभाको अधिवेशन अन्त्य    

जनकपुर । मधेस प्रदेशसभाको चौथो अधिवेशन शनिबार मध्यरातदेखि अन्त्य भएको छ ।     
     
मधेस प्रदेश मन्त्रिपरिषद्को शनिबारको बैठकले गरेको सिफारिसअनुसार नेपालको संविधानको धारा १८३ को उपधारा (२)बमोजिम प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले अधिवेशन अन्त्य गर्नुभएको प्रदेश प्रमुखको कार्यालयले आज जनाएको छ । रासस

प्रकाशित मिति: आइतबार, चैत ३१, २०८१  १४:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update