RayNewsDaily
एसिया-प्यासिफिकलाई अवरुद्ध गरेर आफ्नो शक्ति जारी राख्ने अमेरिकी चाहना

पैचिङ । स्थानीय समय अनुसार जुलाई ११ तारिखदेखि लिथुआनियामा नेटो शिखर सम्मेलन शुरु भएको छ। युक्रेनको वर्तमान अवस्थाको मूल विषयका अतिरिक्त, जापान, दक्षिण कोरिया, अष्ट्रेलिया र न्युजिल्याण्डका नेताहरूले लगातार दोस्रो वर्ष बैठकमा भाग लिएका छन्, जसले नेटोको एसिया-प्रशान्त क्षेत्रको मुद्दालाई फेरि तताएको छ। विश्लेषकका अनुसार अमेरिकाको नेतृत्वमा एशिया-प्रशान्तसम्म आफ्नो प्रभावको क्षेत्र विस्तार गर्ने नेटोको इच्छा परिवर्तन भएको छैन।

शितयुद्धको अवधिमा जन्माइएको नेटो आफ्नो स्थापनाकालदेखि नै अमेरिकाको आधिपत्य कायम राख्नका लागि मुख्य स्तम्भ भएको छ। शितयुद्धको अन्त्यदेखि नेटोले अमेरिकाको रणनीतिद्वारा संचालित पूर्वतर्फ विस्तारको छ वटा राउन्डहरू पार गर्दै रूस र युक्रेनबीचको द्वन्द्वलाई उक्साउँछ र युरोपमा सुरक्षा विभाजन सिर्जना गर्दै छ। साथै नेटोले लगातार एशिया प्रशान्तमा आफ्नो प्रभुत्व विस्तार गर्दै छ।

एशिया-प्रशान्त क्षेत्र सहकार्य र विकासका लागि उच्च भूमि हो तर ठूला शक्तिहरूका लागि प्रतिस्पर्धा गर्ने क्रिडास्थल होइन।  अमेरिकाको नेतृत्वमा नेटो तथाकथित युरोपियन अनुभवू लाई एसिया-प्रशान्तमा प्रतिलिपि गर्न चाहन्छ साथै एशिया-प्रशान्त क्षेत्रमा विभाजन र टकरावको प्रतिलिपि गर्न चाहन्छ। यस क्षेत्रका मानिसहरू कहिल्यै पनि विकार हुने छैनन्। 

प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  १२:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update