फौजदारी अभियोगमा सांसदलाई पक्राउ गरिएको जानकारी संसद्लाई
                        
                        
                                                
                                             
                                                                    काठमाण्डू । काठमाण्डू जिल्ला प्रहरी परिसरले राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवल शम्शेर जवरालाई फौजदारी अभियोगमा पक्राउ गरिएको जानकारी संसद् सचिवालयलाई दिएको छ ।
नेपालको संविधानको धारा (१०३) को उपधारा (६) बमोजिम प्रहरीले सचिवालयलाई सांसद जबरा पक्राउको सूचना दिएको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले राससलाई बताउनुभयो ।
“सम्माननीय सभामुखलाई सम्बोधन गरेर परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले प्रतिनिधिसभा सदस्य जवरालाई पक्राउ गरिएको पत्र सचिवालयलाई प्राप्त भएको छ”, प्रवक्ता गिरीले टेलिफोनमा भन्नुभयो । रासस
प्रकाशित मिति: शनिबार, चैत १६, २०८१  २३:१७
                    
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    
 
                                            -1761714150.jpeg) 
                                             
                                             
                     
                     
                    