तीनकुने क्षेत्रमा कर्फ्यू आदेश जारी
                        
                        
                                                
                                             
                                                                    रे समाचार/काठमाडौं । काठमाडौंको तीनकुने क्षेत्रमा कर्फ्यू आदेश जारी भएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंको शान्तिनगर पुलदेखि मनोहरा खोला पुलसम्म कर्फ्यू आदेश जारी गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । आजै राति १० बजेसम्म कर्फ्यू आदेश जारी भएको प्रशासनले जनाएको छ ।
राजावादी प्रदर्शन उग्र भएपछि काठमाडौं प्रशासनले कर्फ्यु आदेश गरेको हो । कर्फ्यु आदेश जारी गर्नुअघि प्रहरीले माइकिङ गरेको तीनकुने क्षेत्रमा रिपोर्टिङका लागि खटिनुभएका रे न्युज डेलीका प्रतिनिधि रमेश हतुवालीले जनाउनु भएको छ।
प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जारी गर्नुभएको कर्फ्यु आदेशको सूचना ः

 
प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१  १७:०२
                    
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    
 
                                            -1761714150.jpeg) 
                                             
                                             
                     
                     
                    