भृकुटीमण्डपमा समाजवादी मोर्चाको सभा
                        
                        
                                                
                                             
                                                                    शान्ति मगर/काठमाडौं । समाजवादी मोर्चाले काठमाडौंका विभिन्नस्थानबाट झाँकीसहित जुलुस निकाली  भृकुटीमण्डपमा आमसभा राखेको छ । काठमाडौँका विभिन्न स्थानमा जम्मा भएर सुन्धारा-रत्नपार्क हुँदै समाजवादी मोर्चाले जुलुस निकालेको हो ।
समाजवादी मोर्चाका नेता-कार्यकर्ताहरू अहिले सभास्थल भृकुटीमण्डपमा भेला भएका छन् । मोर्चामा रहेको नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दलगायतका नेताहरूले जुलुसको नेतृत्व गरेका छन् । सभास्थलमा पुगेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१  १४:०६
                    
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    
 
                                            -1761714150.jpeg) 
                                             
                                             
                     
                     
                    