RayNewsDaily
दाहालको पार्थीव शरीर श्रद्धाञ्जलिका लागि पार्टी कार्यालयमा राखिने   

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सल्लाहकार एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का जीवनसङ्गिनी सीता दाहालको पार्थीव शरीर श्रद्धाञ्जलिका लागि पार्टी केन्द्रीय कार्यालयमा राखिने भएको छ ।    
    
आज बिहान ११;०० देखि १:०० बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दाहालको पार्थीव शरीर राखिने र अपराह्न २:०० बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ । दाहालको ६९ वर्षको उमेरमा आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।    

प्रकाशित मिति: बुधबार, असार २७, २०८०  १०:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update