एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्ण
- सगेन्द्र सिंहले ७५ केजी तौल समूहमा स्वर्ण जित्नुभयो
-
सिंहको यस वर्षको दोस्रो अन्तरराष्ट्रिय स्वर्ण
-
यसअघि दक्षिण एसियाली च्याम्पियनसिपमा ८० केजीतर्फ स्वर्ण
काठमाडौँ । नेपालका शारीरिक सुगठन खेलाडी सगेन्द्र सिंहले बैंककमा जारी ५८औँ एसियाली शारीरिक सुगठन च्याम्पियनसिपमा स्वर्णपदक जित्नुभएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अनुसार सिंहले पुरुष ७५ केजी तौल समूहमा उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण जित्नुभएको हो । यो सिंहको यस वर्षको दोस्रो अन्तरराष्ट्रिय स्वर्ण पदक हो । यसअघि भुटानमा भएको १६औँ दक्षिण एसियाली शारीरिक सुगठन च्याम्पियनसिपमा उहाँले ८० केजी तौल समूहमा स्वर्णपदक जित्नुभएको थियो ।
उक्त प्रतियोगितामा नेपालले तीन स्वर्ण, तीन रजत र एक कास्यसहित सात पदक जितेको थियो । रासस
प्रकाशित मिति: शनिबार, असोज १०, २०८३ १४:४८
प्रतिक्रिया दिनुहोस्
