मन्त्री उपस्थित नभएपछि संसद् बैठक स्थगन        
                        
                        
                                                
                                             
                                                                    काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक प्रारम्भ हुनेबित्तिकै स्थगन भएको छ । सभाको आजको बैठक प्रारम्भ हुनासाथ प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले प्रतिनिधिसभा नियमावलीअनुसार मन्त्रीको उपस्थिति बिना बैठकको कामकारबाही अगाडि बढ्न नसक्ने उल्लेख गर्दै सरकारको उपस्थितिको माग गर्नुभयो ।     
     
सांसद पाण्डेले भन्नुभयो, “सरकारले सदनलाई हेपिरहेको छ, संसद्मा सरकारको प्रतिनिधि कोही पनि हुनुहुन्न, हामी समिति र उपसमितिको बैठकमा जान्छौँ, प्रतिपक्षी दल उपस्थित हुन्छ, तर सरकारको प्रतिनिधि हुँदैनन, सरकारको उपस्थिति नभइकन आजको यो बैठकको गतिविधि अघि नबढाइयोस् ।”     
     
त्यसपछि सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठक १५ मिनेटपछि बस्ने गरी स्थगत गर्नुभयो । रासस
प्रकाशित मिति: बुधबार, फागुन २८, २०८१  १२:२६
                    
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    
 
                                             
                                            -1761714150.jpeg) 
                                             
                     
                     
                    