RayNewsDaily
सतसट्ठी हजार भक्तजनद्वारा अमरनाथमा अर्चना 

श्रीनगर । बितेका पाँच दिनमा जुलाई १ मा यात्रा सुरु भएदेखि कूल ६७ हजार पाँच सय ६६ भक्तले अमरनाथको पूजार्चना गरेका छन् ।    
    
 राज्य सरकारले बुधबार जारी गरेको विज्ञप्तिअनुसार बुधबार साँझसम्ममा ती तीर्थयात्रीले अमरनाथ गुफाको दर्शन तथा पूजार्चना गरेका हुन् । राज्यका सबै सुरक्षा निकायले यात्रीको सुरक्षालाई उच्च प्राथमिकतामा राखेर काम गरिहेको छन् । यात्राका विभिन्न स्थानमा सुरक्षा फौजले शिविर स्थापना गरेर आवश्यक सहयोग गरिरहेको छ ।    
    
 बुधबार बालटाल आधार शिविर र नुनवान आधार शिविरबाट १८ हजार तीन सय ५४ तीर्थयात्री अमरनाथ गुफाको दर्शन गर्न प्रस्थान गरेका जनाउँदै विज्ञप्तिमा यात्रालाई सहज तुल्याउन राज्यका सबै निकाय विभागले भक्तलाई सबै सुविधा उपलब्ध गराएर सहयोग गरिरहेका उल्लेख गरिएको छ ।    
    
 बैसट्ठी दिन लामो अमरनाथ यात्रा आगमी भदौ १४ गते समाप्त हुनेछ ।    

 

प्रकाशित मिति: बिहीबार, असार २१, २०८०  १८:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update