RayNewsDaily
आतङ्कवादी आक्रमाणको योजना बनाएको आरोपमा सात जना पक्राउ   

बर्लिन । जर्मन प्रहरीले इस्लामिक स्टेट (आईएस) समूहबाट प्रेरित भई जर्मनीमा आतङ्कवादी हमलाको योजना बनाएको आरोपमा बिहीबार सात जनालाई पक्राउ गरेको छ ।    
    
 पक्राउ परेका मध्य एसियाका ती पुरुष केही समयदेखि एकआपसमा परिचित रहेका तथा उनीहरूले पारस्परिक सम्पर्कलाई बढाउँदै कट्टरपन्थी इस्लामिक विचारधारा साझा गरेका सङ्घीय अभियोजकको कार्यालय बताएको छ ।    
    
 सन् २०२२ को प्रारम्भमा युक्रेनमा युद्ध सुरु भएको केही समयपछि उनीहरू जर्मनी आएका हुन् । सातै जना अभियुक्त लगभग एकै समयमा जर्मनी आएका बताइएको छ ।    
    
 नेदरल्याण्ड्समा पक्राउ परेको अर्को संदिग्धसँग सातै जनाले सम्पर्क स्थापना गरेर आतङ्ककारी आक्रमण गर्ने उद्देश्यका साथ एउटा सानो समूह गठन गरेका थिए । उनीहरूले जर्मनीको कुन स्थानमा आक्रमण गर्ने भन्ने निर्णय नगरे पनि घातक हतियार प्राप्तिको भरमग्दुर प्रयास गरेका अभियोजनकर्ताहरूले बताएका छन् ।    

  

प्रकाशित मिति: बिहीबार, असार २१, २०८०  १८:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update