
पैचिङ । जुलाई २ तारिख इटालीको रोममा आयोजित संयुक्त राष्ट्र संघीय अन्नबाली तथा कृषि संगठन मन्त्रीस्तरीय सम्मेलनको ४३ औँ बैठकमा चिनियाँ नागरिक वर्तमान महानिर्देशक छ्वी तोङ यु बहुमतबाट पुनःनिर्वाचित हुनुभएको छ। उहाँको कार्यावधि चार वर्षसम्म हुने छ।
सन् २०१९ को जुन महिनामा छ्वी तोङ यु पहिलोपटक संयुक्त राष्ट्र संघीय अन्नबाली तथा कृषि संगठनका महानिर्देशक निर्वाचित हुनुभएको थियो। उहाँ यस संगठनको इतिहासमा पहिलो चिनियाँ महानिर्देशक हुनुहुन्छ। विगत ४ वर्षयता छ्वी तोङ युको नेतृत्वमा संयुक्त राष्ट्र संघीय अन्नबाली तथा कृषि संगठनले विश्वको अन्नबालीको सुरक्षा सम्बन्धी चुनौतीको सक्रियताका साथ सामना गर्दै विभिन्न मुलुकहरु विशेष गरी विकासोन्मुख मुलुकहरुको अन्नबाली तथा कृषिको विकासका लागि सहायता पुर्याउँदै आएको छ। संयुक्त राष्ट्र संघीय अन्नबाली तथा कृषि संगठनका व्यापक सदस्य मुलुकहरुले उहाँको कार्यको प्रशंसा गरेका छन्।