पहिलो चिनियाँ डिजिटल सङ्गीत समारोह जुलाई ४ तारिख आयोजना गरिने

पैचिङ । पहिलो चिनियाँ डिजिटल सङ्गीत समारोह आज चीनका सम्पूर्ण नेटवर्कभरि आयोजना हुने भएको छ। पहिलो चिनियाँ डिजिटल सङ्गीत समारोहको आयोजना सन् २०२३ विश्व डिजिटल आर्थिक सम्मेलनका चर्चित विषयहरुमध्येको एक हुने छ।
डिजिटल सङ्गीतले प्रसारण क्षेत्रलाई विस्तार गर्नुका साथै सङ्गीतको प्रसारण गर्ने गतिलाई पनि तीव्रता दिएको छ। डिजिटल सङ्गीत भनेको डिजिटल फर्म्याटमा संचित गरेर नेटवर्कमार्फत सार्ने सङ्गीत हो। डिजिटल सङ्गीतलाई धेरैपटक डाउनलोड, कपि र प्रसारण गरिएपछि पनि त्यसको गुणस्तरमा पनि कुनै परिवर्तन हुँदैन।
प्रकाशित मिति: मंगलबार, असार १९, २०८० १२:३३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय