उपकुलपति पोखरेलद्वारा शपथ ग्रहण        
                        
                        
                                                
                                            
                                                                    मोरङ । मनमोहन प्राविधिक विश्वविद्यालयको उपकुलपतिमा सुभाषश्री पोखरेल नियुक्त हुनुभएको छ । उहाँलाई कोशी प्रदेशका मुख्यमन्त्री एवं सो विश्वविद्यालयका कुलपति हिक्मतकुमार कार्कीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा आज एक समारोहबीच पद तथा गोपनियताको शपथ ग्रहण गराउनु भएको हो ।     
     
शपथ ग्रहण समारोहमा प्रदेशका सामाजिक विकास मन्त्री एवं सो विश्वविद्यालयका सहकुलपति पाँचकर्ण राई, विश्व विद्यालयकाका पदाधिकारी, कर्मचारीलगायतको सहभागिता रहेको थियो ।     
     
कोशी प्रदेश सरकारको हालै बसेको मन्त्रिपरिषद् बैठकले दुहवी नगरपालिका-५ का पोखरेललाई पुनः चार वर्षका लागि उपकुलपति पदमा नियुक्त गर्ने निर्णय गरेको थियो । रासस
प्रकाशित मिति: बिहीबार, पुस ११, २०८१  १३:४४
                    
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    