RayNewsDaily
साढे सात सय वर्षको इतिहास बोकेको श्वेत चैत्य

पैचिङ । चीनको राजधानी पैचिङमा रहेको श्वेत चैत्य नेपाली कलाकार अरनिकोले सन् १२७१-१२७९ को ८ वर्ष लगाएर निर्माण गरेका थिए ।

o1688379078.png

५१ मिटर अग्लो, ८ सय १० वर्ग मिटर क्षेत्रफलमा फैलिएको ईंट र पत्थरबाट संरचित यो चैत्य नै युआन राजबँशकालमा राजधानीमा ल्याडमार्क भवन थियो। यो नै चीनमा पाइने सबैभन्दा पुरानो र सबैभन्दा ठूलो स्तूप हो। यो युआन राजबँशकालको राजधानीमा संरक्षित भएर बाँकी रहेको एकमात्र पूर्ण भवन हो र निषिद्ध शहरभन्दा १०० वर्ष भन्दा पुरानो छ ।

वर्षापछिको निलो आकाशमा सेतो चैत्यको महिमा देखाइन्छ। कलाकार अरनिको र श्वेत चैत्यसँगै साढे सात सय वर्षयता रहिरहेको छ र चीन-नेपाल सांस्कृतिक आदानप्रदानको प्रतीक बनेको छ।

प्रकाशित मिति: सोमबार, असार १८, २०८०  १५:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update