RayNewsDaily
प्रधानमन्त्री ली छ्याङद्वारा मंगोलियाका प्रधानमन्त्री ओयुनअरदनसँग भेटवार्ता

पैचिङ । चीनका प्रधानमन्त्री ली छ्याङले जुन २८ तारिख बिहान जन बृहद् सभा भवनमा चीनको औपचारिक भ्रमणमा रहनुभएका न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस हिप्किन्ससँग भेट-वार्ता गर्नुभएको छ।

वार्ताको क्रममा प्रधानमन्त्री ली छ्याङले न्युजिल्याण्डसँगै मिलेर परम्परागत मित्रतालाई गहन पार्दै विभिन्न क्षेत्रमा रहेका आपसी सहकार्यलाई अझ उच्च स्तरमा पुर्याउनुका साथै दुवै देशका जनता अझ विशेषगरी एशिया प्रशान्त क्षेत्र तथा विश्वका लागि अझ बढी हित कल्याणको सिर्जना गर्दै जान चीन इच्छुक रहेको कुरा बताउनुभएको छ।

प्रत्युत्तरमा न्युजिल्याण्डका प्रधानमन्त्री हिप्किन्सले एक चीन भन्ने नीतिलाई न्युजिल्याण्डले दृढताका साथ अपनाउनुका साथ चीनसित आर्थिक, व्यापारिक, विज्ञान प्रविधि र शैक्षिक आदि क्षेत्रमा रहेका आदानप्रदान र सहकार्यलाई अझ गहन पार्दै जाने आशा व्यक्त गर्नुभएको छ।

प्रधानमन्त्री हिप्किन्सको भ्रमणताका दुवै पक्ष बीच सम्पूर्ण रणनीतिक साझेदारी सम्बन्धसँग सम्बन्धित रहेको संयुक्त बक्तव्य पनि जारी गरिएको छ।

 

प्रकाशित मिति: बिहीबार, असार १४, २०८०  १४:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update