RayNewsDaily
भारतमा रथको तारसँग ठोक्किएर ६ जनाको मृत्यु, १५ घाइते   

नयाँ दिल्ली  । भारतको उत्तरपूर्वी राज्य त्रिपुरामा बुधबार एउटा रथ ओभरहेड हाई-टेन्सन तारसँग छोइदा कम्तीमा छ जनाको मृत्यु भएको छ भने अन्य १५ जना घाइते भएका छन् ।    
घटना त्रिपुराको राजधानी शहर अगरतलाबाट १२० किलोमिटर उत्तरपूर्वमा उनाकोटी जिल्लाको कुमारघाट क्षेत्रमा भएको हो । अधिकारीका अनुसार धार्मिक यात्रामा देवता बोकेको रथलाई भक्तजनले तानेका बेला दुर्घटना भएको हो ।  

घाइतेहरूलाई सरकारी अस्पतालमा भर्ना गरिएको छ । प्रहरीले दुर्घटनाको विषयमा मुद्दा दर्ता गरी अनुसन्धान शुरु गरेको जनाएको छ ।    
 

प्रकाशित मिति: बिहीबार, असार १४, २०८०  १३:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update