RayNewsDaily
शेयर बजारको वृद्धि कायमै

साताको दोस्रो कारोबार दिन आज पनि शेयर बजारमा वृद्धि कायमै रहेको छ । आज शेयर बजार मापक नेप्से परिसूचक ११.६९ अंक बढेर २१२९.४२ विन्दुमा पुगेको छ ।

आज लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक ३.९९ प्रतिशत बढेको छ । त्यसैगरी, वित्त उपसमूहको परिसूचक ३.११ अंक बढेको छ भने म्युचुअल फण्ड उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । अघिल्ला दिनहरुमा उच्च अंक बढेको जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक भने आज घटेको छ । 

आज २७९ स्टकको ७३ हजार ९५८ पटकको कारोबारमा ५ अर्ब ३१ करोड २४ लाख रुपैयाँ बराबरको १ करोड १९ लाख ३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । ४ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । हिमालयन लाइफ इन्स्योरेन्स, बिपिडब्लु लघुवित्त, सिटी होटल र सिभिल लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यसैगरी, माउन्टेन इनर्जी नेपाल, आशा लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी वृद्धि भएको छ ।

सुपर मादी हाइड्रोपावर र विन नेपाल लघुवित्तको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी घटेको छ । कारोबार रकमका आधारमा आज पनि शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ४२ करोड ५ लाख ९९ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यसैगरी, सोल्टी होटलको २७ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने हिमालयन डिष्टिलरीको २२ करोडभन्दा बढीको शेयर किनबेच भएको छ ।
 

प्रकाशित मिति: सोमबार, असार ११, २०८०  १५:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update