RayNewsDaily
होन्डुरनको महिला कारागार दङ्गामा ४१ कैदीको मृत्यु   

तेगुसिगाल्पा  । होन्डुरसको केन्द्रीय महिला कारागारमा दङ्गा भड्किदा ४१ जना कैदीको मृत्यु भएको छ । न्यु योर्क टाइम्सका अनुसार लामो समयदेखि समस्याग्रस्त कारागार प्रणालीमा भड्किएको हिंसाको यो सबैभन्दा घातक घटना हो ।   

सरकारी वकिलको कार्यालयका प्रवक्ता युरी मोराका अनुसार अधिकांश पीडित जलेका छन भने अरुलाई गोली लागेको छ । मोराका अनुसर राजधानी तेगुसिगाल्पा नजिकैको तामारामा रहेको हिरासतमा अनुसन्धानकर्ताहरूले खोजी गर्दा मृत्यु हुनेको सङ्ख्या बढ्ने अनुमान गरिएको छ । "यत्रो मानवीय घटनाप्रति हामी स्तब्ध छौं," सुरक्षा उपमन्त्री होन्डुरन पेनटेन्शियरी सिस्टमका प्रमुख जुलिसा विलानुभाले एक पत्रकार सम्मेलनमा भन्नु भएको छ ।  

यस्तै घटना सन् २०१९ मा पनि घटेको थियो जुन झडपमा ४० गिरोह सदस्यको मृत्यु भएको थियो । न्यु योर्क टाइम्सका अनुसार मङ्गलबारको घटनामा मृत्यु हुनेको सङ्ख्याले अमेरिकी देशमा नराम्रो परिदृष्य उदाङ्गो पारेको छ ।    

महिला कारागारमा हालैका वर्षहरूमा हत्या-हिंसाका घटनाहरू बढेका छन् जहाँ दुई प्रतिद्वन्द्वी आपराधिक सङ्गठनका महिला गिरोह सदस्यहरू बीचको भिडन्तमा थुप्रै कैदीहरूलाई घाँटी थिचिएको छ भने कसैलाई छुरा प्रहार गरिएको छ ।    

राष्ट्रपति जिओमारा क्यास्ट्रोले यस घटना "स्तब्ध" भएको र जिम्मेवार अधिकारीहरूलाई जवाफदेही बनाउन "कडा कदम" चाल्ने बताउँनु भएको छ ।    

एमएस-१३ र १८ स्ट्रिट ग्यान्गहरू लामो समयदेखि प्रतिद्वन्द्वीहरूले (जुन संयुक्त राज्यमा उत्पत्ति भएका थिए) दशकौंदेखि होन्डुरस र छिमेकी देशहरूमा हिंसा भड्काइरहेका छन् ।    

ह्युमन राइट्स वाचद्वारा सन् २०२१ को होन्डुरसको प्रतिवेदन अनुसार "कारागारहरूमा अत्यधिक भीडभाड, अपर्याप्त पोषण, कमजोर सरसफाइ, कुटपिट, अन्तर-सामूहिक हिंसा, र बन्दी हत्याहरू चरम अवस्थामा छन् ।"    

न्यु योर्क टाइम्सका अनुसार एक सरकारी अधिकारीका अनुसार होन्डुरसको नेशनल वुमेन्स पेनिटेन्शियरी फर सोशल एडप्टेसनले लगभग ८०० कैदीहरूलाई राखिएको छ यो सङ्ख्या क्षमताभन्दा लगभग दोब्बर हो ।    

मानव अधिकार सम्बन्धी अन्तर-अमेरिकी आयोगले सन् २०२० मा होन्डुरन जेलहरूमा "थुप्रै हिंसात्मक घटनाहरू" घटेको देखाएको छ ।    
 

प्रकाशित मिति: बुधबार, असार ६, २०८०  १३:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update