RayNewsDaily
रुसमा कारखानामा विस्फोटः ४ जनाको मृत्यु   

  
मस्को । रुसको दक्षिणपश्चिमी ताम्बोभ क्षेत्रमा मङ्गलबार भएको बारूद कारखानामा विस्फोटबाट भएको आगलागीमा परी कम्तीमा चार जनाको मृत्यु हुनाको साथै अन्य दुई जना घाइते भएका छन् ।    

कोटोभस्क शहरमा रहेको बारूद कारखानाको भवनमा विस्फोट भएको हो । विस्फोटबाट लागेको आगो केही समयपछि निभाइएको तास समाचार एजेन्सीले जनाएको छ ।    

"मानवीय त्रुटिका कारण उक्त घटना भएको थियो। म कुनै शङ्का नगरी भन्न सक्छ- यो आतङ्कवादी हमला थिएन। यद्पयि त्यहाँ कुनै हताहती भने भएन," ताम्बोभ क्षेत्रका प्रमुख म्याक्सिम येगोरोभले भनेका छन् । उनले दुर्घटनाबाट प्लान्टका कामदार वा छिमेकी बस्तीका बासिन्दाहरूलाई कुनै पनि कुराले खतरा नरहेको बताएका छन् ।    

दुर्घटना बारे छानबिन भइरहेको छ ।    
 

प्रकाशित मिति: बुधबार, असार ६, २०८०  १२:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update