RayNewsDaily
शेयर बजारमा दोहोरो अंकले गिरावट

काठमाडौं । शेयर बजारमा आज दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से सूचक २६.५६ अ‌ंकले घटेर २०६४.८३ विन्दुमा झरेको छ भने कारोबार रकम पनि ४ अर्ब नजिक झरेको छ । आज ४ अर्ब ११ करोड ६ लाख ६ हजार ९५३ रुपैयाँ बराबरको १ करोड ७ लाख ९२ हजार ७४२ कित्ता शेयर खरिद बिक्री भएको छ ।

पछिल्लो समय लगातार बढ्दो क्रममा रहेको नेप्से सूचक लगानीकर्ताले नाफा बुक गर्दा केही नकारात्मक देखिएको हो । आज फाइनन्स कम्पनीहरुको शेयरमूल्यमा उच्च गिरावट देखिएको छ । कारोबारमा आएका १३ उपसमूहमा फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै ३.७० प्रतिशतले घटेको छ । ३ उपसमूहको सूचक भने सकारात्मक देखिएको छ । सिटी होटल, बिपिडब्लु लघुवित्त र इङ्वा हाइड्रोपावरको शेयरमूल्य सर्किट लेभलमा कारोबार भएका छन् भने ग्रिन भेन्चर्स लिमिटेडको पनि ३.८४ प्रतिशतले बढेको छ । युनिक नेपाल लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ९.९९ प्रतिशतले घटेको छ भने माहुली लघुवित्तको ४.४८ प्रतिशत, मल्टिपर्पस फाइनान्सको ६.३० प्रतिशत र श्री इन्भेष्टमेन्ट फाइनान्सको ६.०१ प्रतिशतले घटेको छ ।

आज नेपाल इन्फ्रास्टक्चर बैंकको सबैभन्दा धेरै २० करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने शिवम् सिमेन्टको १९ करोड ४४ लाख, हिमालयन डिस्टिलरीको १३ करोड ५९ लाख र आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको १२ करोड ६० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
 

प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  १५:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update