RayNewsDaily
नौ दिन बढेपछि शेयर बजारमा सामान्य गिरावट

काठमाडौं । विगत ९ दिनदेखि लगातार बढ्दो क्रममा रहेको शेयर बजार आज सामान्य अंकले घटेको छ । विगत ९ दिनमा लगातार १९१ अंकले बढेपछि बजार आज करिब ३ अंकले घटेको हो । आज शेयर बजार मापक नेप्से सूचक २.९४ अंकले घटेर २०९१.३९ विन्दुमा झरेको छ । कारोबार रकम करिब ५ अर्ब नजिक पुगेको छ । आज ४ अर्ब ७४ करोड ६ लाख ८ हजार ८८० रुपैयाँ बराबरको १ करोड २९ लाख ७५ हजार १६८ कित्ता शेयर खरिदबिक्री भएको छ । आज होटल र इन्सयोरेन्स उपसमूहको सूचक सबैभन्दा धेरै घटेको छ । 

आज सेन्ट्रल फाइनान्स र माउन्टेन इनर्जीको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने विपिडब्लु लघुवित्त, मेन्छियम हाइड्रोपावर र सिटि होटलको शेयरमूल्य सर्किट लेभलमा कारोबार भएको छ । युनिक नेपाल लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ भने पाँचथर पावर, अभियान लघुवित्त र अपरहेवा हाइड्रोको शेयरमूल्य पनि उच्च दरमा घटेको छ । आज पनि शिवम् सिमेन्टको सबैभन्दा धेरै २९ करोड रुपैयाँको शेयर कारोबार भएको छ भने नेपाल दूरसञ्चार कम्पनीको १८ करोड १३ लाख, सोल्टी होटलको १७ करोड ८९ लाख र आईजिआई प्रुडेन्सियल इन्स्योरेन्सको १७ करोड २० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
 

प्रकाशित मिति: सोमबार, असार ४, २०८०  १६:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update