
पैचिङ । चीनको दुई दिने भ्रमणमा रहनु भएका अमेरिकी विदेशमन्त्री एन्टवनी ब्लिन्केनले चीनका परराष्ट्र मन्त्री छिन काङसँग भेटवार्ता गर्नुभएको छ ।
जुन १८ तारिख दिउँसो ब्लिन्केन पैचिङस्थित त्याउ यु थाइ राज्य अतिथिगृहमा पुग्नु भए लगत्तै उहाँहरुबीच भेटवार्ता भएको हो ।
विदेशमन्त्री ब्लिन्केनको चीन भ्रमणबारे चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ताले दुवै पक्षले चीनअमेरिका सम्बन्ध र साझा सरोकारका महत्वपूर्ण अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मामिलामा वैचारिक आदानऔप्रदान गरेको बताएको छ। चीन-अमेरिका सम्बन्धमा चीनले आफ्नो अडान र चासोलाई स्पष्ट बनाएको र आफ्नो हितको दृढतापूर्वक रक्षा गर्ने कुरा पनि प्रवक्ताले बताएका छन्।
झण्डै पाँचपछि अमेरिकी विदेशमन्त्रीको चीनको यो पहिलो भ्रमण हो। साथै बाइडेन प्रशासनको मन्त्रिपरिषद्का पहिलो अधिकारीले चीन भ्रमण गर्नुभएको हो।