रे समाचार/काठमाडौं । काठमाडौंबाट पोखराका लागि उडेको विमान आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रभित्रै दुर्घटना हुँदा विमानमा सवार १८ जनाको मृत्यु भएको छ । मृतक सबै जना सौर्य एयरलाइन्सका कर्मचारी हुन् । 

पाइलट मनीष शाक्यको भने केएमसी अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ । अस्पतालका चिकित्सक डा. विशद दाहालले उहाँको शरीरमा विभिन्न भागमा चोटपटक लाग्नुका साथै मुखबाट रगत आएकाले उहाँको आकस्मिक उपचार कक्षमा उपचार भइरहेको जानकारी दिनुभयो ।

विमानमा सवार अन्य १८ यात्रुको शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । आज बिहान करिब ११ :११ बजे सौर्य एयरलाइन्सको विमान पोखरा उड्ने क्रममा रनवेबाट दुर्घटनामा परेको थियो । 

विमानमा एस कटुवाल, अमितमान महर्जन, सागर आचार्य, दिलीप वर्मा, मनुराज श्रेष्ठ, आश्विन निरौला, सुदीपलाल जोशी, सर्भेश मरासिनी, श्याम बिन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञप्रसाद पौडेल, सन्तोष महताे, पुण्यरत्न शाही, अरेफ रेडा सवार हुनुहुन्थ्यो । 

यी हुन् विमानमा सवार यात्रुहरू :

Saurya-name-list-1721810403.jpg
 

प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  १४:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update