RayNewsDaily
अमेरिकी साम्राज्यवादी नीतिविरुद्ध एकजुट हुने इरान र क्युबाको सहमती

हवाना । इरान र क्युबा अमेरिकी साम्राज्यवादी नीति विरुद्ध एकजुट हुन सहमत भएका छन् । इरानका राष्ट्रपति इब्राहिम रायसी र क्युबाका राष्ट्रपति मिगुएल डियाज क्यानेलबीच अमेरिकाबिरुद्ध एकजुट भई सामना गर्ने सहमती भएको हो ।


अमेरिकाले पछिल्लो समय इरान र क्यानडामा बिभिन्न प्रकारका प्रतिबन्ध लगाइरहेको अवस्थामा क्युबाको राजधानी हवानामा भएको भेटवार्तामा दुवै देशका राष्ट्रपतिका बीचमा सो सहमति भएको हो । क्युबाका राष्ट्रपति क्यानेलले दुवै देशले वीरतापूर्ण, दृढ प्रतिरोध, प्रतिबन्ध, दबाब, धम्की, नाकाबन्दी र अमेरिकी साम्राज्यवादको सामना गर्ने सहमति गरेकोजनाउनु भएको छ ।

 

अमेरिकाले दुवै देशमाथि धेरै प्रकारका प्रतिबन्ध लगाउनुका साथै दुवै देशलाई आतंकवादलाई बढवा दिएको आरोप पनि लगाउँदै आएको छ । सो भेटमा दुई नेताबीच भन्सार, दूरसञ्चार र न्यायलगायतका क्षेत्रमा सहकार्य गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको हो ।


 

प्रकाशित मिति: शनिबार, असार २, २०८०  ०८:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update