RayNewsDaily
अष्ट्रेलियामा विवाहका पाहुना बोकेको बस दुर्घटना, १० जनाको मृत्यु   

 ग्रेटा, अस्ट्रेलिया ।  अस्ट्रेलियाको सिड्नी नजिकैको लोकप्रिय वाइन क्षेत्रमा विवाह समारोहमा आएका पाहुना चढेको बस अनियन्त्रित भई पल्टिँदा १० जनाको मृत्यु भएको प्रहरीले सोमबार जनाएको छ ।    
    
सेतो रङको उक्त बस स्थानीय एक बगैँचामा विवाह समारोहबाट आएका पाहुनाहरूलाई लिएर जाँदै गर्दा आइतबार अबेर राति बायाँपट्टि खसेको र चोकको प्रवेशद्वारमा ठोक्एिपछि फुटपाथमा पल्टिएको थियो ।    
    
दुर्घटनापछि एक दर्जनभन्दा बढी आपतकालीन कामदारहरू घटनास्थलमा पुगेका र उनीहरूले २० जनाभन्दा बढी मानिसहरूे अस्पताल पुर्याईएका थिए ।    
    
एक बिरामीको अवस्था गम्भीर रहेको र अन्य २० जनाको अवस्था स्थिर रहेको प्रहरीले जनाएको छ ।    
    
सामाजिक सञ्जालमा शेयर गरिएको विवाहको तस्बिरमा दुर्घटना हुनुभन्दा केही घण्टाअघि स्थानीय बगैँचाको खाली भागमा भेला भई तस्वीर खिचाएका देख्न सकिन्छ ।    
    
कार्यवाहक सहायक आयुक्त ट्रेसी च्यापम्यानले ५८ वर्षीय बस चालकलाई पक्राउ गर्नुअघि अष्ट्रेलियाली कानुन अनुसार अस्पतालमा लगि ‘परीक्षण’ गरिएको र उहाँलाई नजिकैको सेस्नोक प्रहरी कार्यालयमा हिरासतमा राखिएको बताउनुभएको छ ।    
    
“उनले अनुसन्धानमा सहयोग गरिरहेका छन् र ‘यो चरणमा चालकविद्ध कुनै आरोप लगाइएको छैन,” उहाँले भन्नुभयो ।    
    
“हामी चालकको व्यवहारका सबै तरिकाहरूको अनुसन्धान गरिरहेका छौं ।    
    
च्यापम्यानका अनुसार दुर्घटनामा परेका केही यात्रुहरू शिशा फोडेर दुर्घटनाग्रस्त बसबाट बाहिर निस्किएका थिए ।    
     
विवाहमा सहभागी भएका यात्रुहरु आ-आफ्नो आवासतर्फ जाँदै गरेको अनुमान गरिएको च्यापम्यानले बताउनुभयो ।    
    
अन्य कुनै पनि सवारी साधनसँग बस ठोकिएको नभई बसले सन्तुलन गुमाएका कारण दुर्घटना भएको थियो ।    
   

प्रकाशित मिति: सोमबार, जेठ २९, २०८०  १३:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update