RayNewsDaily
अमेरिकी सिनेटवारा चीनको विकासोन्मुख मुलुकको स्थान समाप्त गर्ने मस्यौदा पारित, चिनियाँ विदेश मन्त्रालयद्वारा आक्रोस व्यक्त

पैचिङ । अमेरिकाले चीनको विकासोन्मुख मुलुकको स्थान रद्द गर्न आग्रह गरेकोमा चीनको परराष्ट्र मन्त्रालयले आक्रोस व्यक्त गर्दै जवाफ माग गरेको छ ।

अमेरिकी कांग्रेसको मस्यौदाले चीनको विकासोन्मुख मुलुकको स्थानलाई हटाउन आग्रह गरेको समाचार सार्वजनिक भएसँगै चीनले अमेरिकासँग जवाफ माग गरेको हो । चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वनपिनले आज नियमित पत्रकार सम्मेलनमा चीन विकासोन्मुख मुलुक हो कि होइन भन्ने कुरा अमेरिकाले निर्णय गरेर नहुने टिप्पणी गर्नुभएको छ ।

प्राप्त समाचारमा जनाइएअनुसार, अमेरिकी सिनेटको वैदेशिक मामिला समितिले हिजो जुन ८ तारिख “चीनको विकासोन्मुख मुलुकको स्थान समाप्त गर्ने मस्यौदा” पारित गरेको थियो ।

वाङकाअनुसार, विश्वको सबैभन्दा ठूलो विकासोन्मुख मुलुकको रुपमा रहेको चीनको स्थान वास्तविक रुपमा अन्तर्राष्ट्रिय ऐनको आधार रहेको छ । विकासोन्मुख मुलुकको रुपमा चीनको वैधानिक अधिकार अमेरिकी कांग्रेसको मस्यौदाद्वारा रद्द गर्न सकिँदैन वाङले भन्नुभएको छ ।

 

 

प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८०  १७:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update