RayNewsDaily
शिक्षक महासङ्घको महाधिवेशन आजदेखि   

काठमाडौं । नेपाल शिक्षक महासङ्घको दोस्रो राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदै छ । महाधिवेशनबारे आपसी सहमति हुन नसेपछि महासङ्घको एक मुख्य घटक नेपाल राष्ट्रिय शिक्षक सङ्घठनले भने भाग नलिने भएको छ ।    
    
महासङ्घको विधानविपरीत एक पक्षीय ढङ्घले जिल्ला समितिहरू घोषणा गरिएकाले महाधिवेशन रोक्न आफूहरुले राष्ट्रिय समितिको बैठकमा राखेको प्रस्ताव स्वीकार नगरिएको भन्दै सङ्गठनले महाधिवेशनमा भाग नलिने घोषणा गरेको हो ।    
    
महासङ्घको सदस्यता नवीकरण, विद्यालयमा नयाँ नियुक्त भएका शिक्षक, प्राविधिक धारका शिक्षक सदस्यताबाट वञ्चित भएका, लोकतान्त्रिक विधिलाई निषेध गरिएको सङ्गठनका महासचिव हंशबहादुर शाहीले आरोप लगाउनुभयो ।    
    
महासङ्घका महासचिव लक्ष्मीकिशोर सुवेदीले भने विभिन्न चरणमा वार्ता र संवाद गर्दा पनि सङ्गठन आफूसमेत सहभागी बैठकका निर्णयबाट पछि हटेको जिकिर गर्नुभयो । रासस

प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  १२:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update