RayNewsDaily
जन्ती बोकेको बस दुर्घटना, तीनजनाको मृत्यु, ५२ जना घाइते       

रे समाचार/चौतारा (सिन्धुपाल्चोक) । जिल्लाको पिस्कर-५ धारावतीमा जन्ती बोकेको बस दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छभने अन्य ५२ जना घाइते भएका छन् । मृत्यु हुनेमा दोलखाको भीमेश्वर नगरपालिपका-१ सुस्पाका मान बहादुर थामी ,शिव श्रेष्ठ र दिपेन्द्र थामी रहेका छन् ।   
    
दोलखाबाट जन्ती लिएर आउँदै गरेको रोल्वालिङ यातायातको बा४ख ५६१६ नम्बरको बस त्रिपुरासुन्दरी गाउँपालिका-५ धारावतीमा आज बिहान ७ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टराईले जानकारी दिनुभयो ।    
    
दुर्घटनामा घाइते भएकाहरूको उद्धार गरी अस्पताल पठाउन थालिएको उहाँले बताउनुभयो । उहाँका अनुसार बस भिरमा खसेकाले उद्धारमा केही समस्या भएको छ । 

प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  १३:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update