RayNewsDaily
पटाका कारखाना विष्फोटमा नौजना मारिए   


पश्चिम मेदिनीपुर (पश्चिम बङ्गाल)/ पश्चिम बङ्गालको पश्चिम मेदिनीपुर जिल्लास्थित एउटा पटाका कारखानामा विष्फोट हुँदा नौजनाको मृत्यु भएको छ भने अन्य कैयौँ घाइते भएका छन् ।    
    
हालसम्म नौजनाको शव भेटिएको र गम्भीर घाइते भएका दुईजनालाई कोलाकाता अस्ताल पठाइएको पूर्वी मेदिनीपुर प्रहरी कार्यालयका प्रमुख अमरान केले बताउनु भएको छ ।     
    
पश्चिम बङ्गाल सरकारको निर्देशनमा अपराध अनुसन्धान विभागले घटनाबारे अनुसन्धान थालेको छ । राजधानी कोलकाताबाट अनुसन्धान टोली घटनास्थल पुगेको छ । सरकारी नीति–नियम विपरीत कारखाना सञ्चालन गरेको अभियोगमा कारखानाका मालिकलाई पक्राउ गर्ने प्रयास भइरहेको छ । यसअघि पनि निजविरुद्ध केही मुद्दा परेका थिए ।    
    
घटनाप्रति दुःख व्यक्त गर्दै मुख्यमन्त्री ममता बनर्जीले मृतकका परिवारलाई जनही रु. दुई लाख ५० हजार र घाइतेलाई रु. एक लाख क्षतिपूर्तिस्वरुप प्रदान गरिने घोषणा गर्नुभएको छ ।    

प्रकाशित मिति: बुधबार, जेठ ३, २०८०  १४:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update