RayNewsDaily
सरस्वती मा.वि.टोखाको ६३ औं वार्षिकोत्सव सम्पन्न

काठमाडौं । विक्रम सम्वत २०१७ सालमा स्थापना भएको सरस्वती माध्यमिक विद्यालय टोखा, काठमाडौंले स्थापनाको ६३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रुपमा मनाएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक कुमार राईले एक समारोहबीच शनिवार दिउसो ६३ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको शुभारम्भ गर्नुभयो । सो अवसरमा उपस्थित शिक्षक, विद्यार्थी, अभिभावक, शिक्षाप्रेमी, समाजसेवी लगायतलाई सम्बोधन गर्नुहुँदै मन्त्री राईले सीपलाई रोजगारीसँग जोड्नेगरी शिक्षामा परिवर्तन ल्याउन जरुरी भएको बताउनु भयो । मन्त्री राईले भौतिक पूर्वाधार शिक्षाको निमित्त महत्वपूर्ण भए पनि शिक्षक नै शिक्षाको सारतत्व हो भन्नुभयो । 

Sarashoti Mabi 11708262310.jpg

सो अवसरमा विभिन्न कक्षामा अध्ययनरत विद्यार्थीहरुले गीत, संगीत प्रस्तुत गरेका थिए । समारोहमा विद्यालयको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने महानुभावहरुलाई सम्मान गरिएको थियो भने सरस्वती नामक स्मारिकाको लोकापर्ण समेत गरिएको थियो । स्थानीय बालबालीकाहरुलाई कखरा पढाउने उद्देश्यले स्थापना गरिएको सो विद्यालयले स्थापनाको ६३ वर्षसम्म आईपुग्दा अनेकौं आरोह अवरोहरुको सामना गरेको छ । भौतिक पूर्वाधारको अभाव, अप्रयाप्त शिक्षक, आर्थिक स्रोतको अभाव लगायतका समस्याहरुसँग जुधेर भए पनि सरस्वती मावि टोखा अहिले आफुलाई गुणस्तरीय शिक्षा प्रदान गर्न क्रियाशिल रहेको अभिभावकहरु बताउँछन् । 

Sarashoti Mabi 21708262339.jpg

प्रकाशित मिति: आइतबार, फागुन ६, २०८०  १८:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update