RayNewsDaily
अछाममा जिप दुर्घटना हुँदा १३ जना घाइते   

अछाम । अछाममा जिप दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । मङ्गलसेन नगरपालिका-६ ठूलासैन नजिकै मध्यपहाडी पुष्पलाल राजमार्गमा जिप दुर्घटना भएको हो ।    
    
हुम्ला जिल्लाको सिमीकोट गाउँपालिका-३ का कार्बु लामाले चलाएकोे भे१च २५७६ नंको जिप दुर्घटनामा परी १४ जनामध्ये १३ जना घाइते र एकजना सामान्य घाइते भएका हुन् । घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले बताउनुभयो ।    
    
बाजुराबाट सुर्खेततर्फ जाँदै गरेको जिप ओरालोमा एक्कासि ‘ब्रेक फेल’ भई सडकको किनारमा पल्टिएको थियो । रासस

प्रकाशित मिति: मंगलबार, पुस ३, २०८०  १३:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update