RayNewsDaily
नदी !

-भवानी न्यौपाने 'भावना'

बग्दैछ यो झर्झर गीत गाई
आमा बनी निश्चल प्रीत लाई 
टिप्दै सुसेली म भरूँ कि राग 
बल्दैछ झन् सिर्जनको चिराग।।

टिपेर बोली कविता खुसी छ 
नदीसँगै को भन बेखुसी छ ?
बाढी बनी क्रान्ति कराउँदै छ 
आवाजमा लोक हराउँदै छ।।

विचित्र पानी र पवित्र रूप 
बुझ्नै नसक्ने त्यसको स्वरूप
आँखाहरूबाट बगेर पानी
रुन्चे बनायौ किन हो कहानी ?

प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८०  १८:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update