RayNewsDaily
मेची राजमार्गको कोल्बुङमा बस दुर्घटना, तीन जनाको मृत्यु

झापा । मेची राजमार्गको रोङ गाउँपालिका वडा नम्वर ३ कोल्बुङमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । 

धनुषाबाट कन्याम घुम्न आएका यात्रुहरु चढेको ना ६ ख ८४२४ नम्बरको बस कन्यामबाट फर्कने क्रममा मेची राजमार्गको रोङ गाउँपालिका वडा नम्वर ३ कोल्बुङ खण्डमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो । राससका अनुसार बस सडकबाट अन्दाजी तीन सय मिटर तल खसेको थियो । बस दुर्घटनामा चालकसहित ३७ जना घाइते भएका थिए । जसमध्ये तीन जनाको मत्यु भइसकेको छ भने ३३ जनाको हाल विएण्डसी अस्पताल विर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी धनुषाधाम नगरपालिका वडा नम्वर ९ धारापानीका १२ वर्षीय बालक अर्पण लामा र सोही ठाउँकी ४० वर्षकी महिला तुल्मा लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बाँकी एक जनाको नाम आउन बाँकी छ । 

घाइतेमध्ये अन्य दुई जनाको अवस्था पनि चिन्ताजनक रहेको छ । उनीहरुको भेन्टिलेटरमा उपचार भइरहेको छ । बसका चालक धनुषा जनकपुर उपमहानगरपालिका वडा नम्वर २३ का ४५ वर्षीय हरिकिन राउतलाई इलाका प्रहरी कार्यालय पशुपतिनगरले नियन्त्रणमा लिएको छ । रासस


 

प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८०  १३:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update