RayNewsDaily
दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएपछि स्थानीय वासिन्दा आन्दोलित

काठमाडौं । भक्तपुरको लोकन्थलीमा भएको सवारी दुर्घटनामा मोटरसाइकल चालकको निधन भएपछि स्थानीय वासिन्दा आन्दोलित भएका छन् । दुर्घटना गराउने चालकलाई कारबाही र मृतकलाई क्षतिपूर्ति दिनुपर्ने माग गर्दै स्थानीय वासिन्दाले आज केहीबेर अरनिको राजमागर्गको लोकन्थलीमा अवरोध गरेका थिए ।

हिजो साँझ भएको दुर्घटनामा सिन्धुपाल्चोकको ठूलो सिरुबारी घर भई हाल बालकोट बस्दै आउनु भएका ४१  वर्षीय हरिशरण पुरीको मृत्यु भएको थियो ।

hari_sharan_puri1700220446.jpgदुर्घटनामा मृत्यु भएका हरिशरण पुरी ।

हिजो साँझ साढे ६ बजेको समयमा काठमाडौंबाट भक्तपुरतर्फ गइरहेको इन्धन बोकेको ना.७ ख नम्बरको ट्याङ्करले सोही दिशातर्फ गइरहेको बा.७२ प २१६० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ट्याङ्करले पैदलयात्रीलाई जोगाउन खोज्दा मोटरसाइकललाई ठक्कर दिएको बताइएको छ ।

ठक्करबाट गम्भीर घाइते मोटरसाइकल चालक पुरीलाई प्रहरीले नजिकैको मध्यपुर थिमी अस्पतालमा पुर्‍याए पनि पौने ८ बजेको समयमा चिकित्सकले मृत घोषणा गरेका थिए । प्रहरीले ट्याङ्कर चालक सिन्धुपाल्चोक बलेफीका ४५ वर्षे कोतुलबहादुर माझीलाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १, २०८०  १६:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update