नमोबुद्ध जात्रामा भक्तजनको घुइँचो

बनेपा (काभ्रे) । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–११ स्थित धार्मिक तथा पर्यटकीयस्थल नमोबुद्धमा आज परम्परागत जात्राको मुख्य दिन मेला तथा विशेष पूजाआजा भइरहेको छ ।     
    
 जात्राको मुख्य दिन आज पूर्णिमाका अवसरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । नमोबुद्ध गुठीका अध्यक्ष लोप्साङ बज्र लामाका अनुसार जात्राको पहिलो दिन सोमबार दिवङ्गत पितृको सम्झनामा रातभर दीप प्रज्ज्वलन गरिएको थियो ।    
    
 राजकुमार महासत्वले भोकले छटपटाइरहेकी बघिनी र उनका पाँच डमरुको प्राण बचाउन आफ्नो शरीर अर्पण गरेको स्मरणमा यो जात्रा मनाउने गरिएको नगरप्रमुख कुन्साङ लामाले बताउनुभयो । त्यसलाई त्याग र करुणाको अर्थमा लिने गरिएको छ ।    
    
 उहाँका अनुसार कात्तिक पूर्णिमाको धार्मिक मेलालाई लक्षित गरी नगरपालिकाले आज स्थानीय बिदा दिएको छ । जात्रामा सहभागी भक्तजनको सहजताका लागि नगरपालिका, स्थानीय गुठी तथा सुरक्षा निकायले आवश्यक व्यवस्थापन गरेका छन् । रासस   

प्रकाशित मिति: मंगलबार, मंसिर ८, २०८३  १८:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update