शनचन (चीन) । चिनियाँ राष्ट्रपति सी चिनफिङ र उहाँकी पत्नी फङ लियुआनले ३३औँ एसिया-प्रशान्त आर्थिक सहयोग (एपेक) नेताहरूको बैठकमा सहभागी हुन चीन पुगेका विशिष्ट पाहुनाहरूको स्वागतमा बुधबार रात्रिभोज आयोजना गर्नुभएको छ । चीनको दक्षिणी प्रान्त क्वाङतोङको सेन्जेनमा आयोजित स्वागत समारोहमा राष्ट्रपति सीले चिनियाँ सरकार र जनताका तर्फबाट सबै विशिष्ट पाहुनालाई हार्दिक स्वागत गर्नुभयो ।

सन् २०२६ नोभेम्बर १८ मा दक्षिण चीनको ग्वाङडोङ प्रान्तस्थित शेन्झेनमा चिनियाँ राष्ट्रपति सी चिनफिङ र उनकी पत्नी पेङ लियुआनले पाहुनाहरूसँग सामूहिक तस्बिर खिचाउँदै। ३३औँ एसिया-प्रशान्त आर्थिक सहयोग (APEC) आर्थिक नेताहरूको बैठकमा सहभागी हुन आएका पाहुनाहरूको स्वागतार्थ चिनियाँ राष्ट्रपति सी चिनफिङ र उनकी पत्नी पेङ लियुआनले बुधबार शेन्झेनमा एक भोजको आयोजना गरे। (सिन्ह्वा/ली सियाङ)
स्वागत मन्तव्यका क्रममा उहाँले खुलापन सेन्जेनको पहिचानमै गहिरोसँग जोडिएको, नवप्रवर्तनले सहरको जीवन्तता बढाएको र सहकार्य नै यसको शक्तिको प्रमुख आधार रहेको बताउनुभयो ।
सेन्जेनको सफलता चीनको सुधार तथा खुलापन नीतिको एउटा प्रतिरूप हुनुका साथै एसिया–प्रशान्त क्षेत्रमा सहकार्यबाट प्राप्त उपलब्धिको उदाहरणसमेत रहेको राष्ट्रपति सीको भनाइ थियो ।

सन् २०२६ नोभेम्बर १८ मा दक्षिण चीनको ग्वाङडोङ प्रान्तस्थित शेन्झेनमा आयोजित स्वागत भोजलाई चिनियाँ राष्ट्रपति सी जिनपिङले सम्बोधन गर्दै। ३३औँ एसिया-प्रशान्त आर्थिक सहयोग (APEC) आर्थिक नेताहरूको बैठकमा सहभागी हुन आएका पाहुनाहरूको स्वागतार्थ चिनियाँ राष्ट्रपति सी जिनपिङ र उनकी पत्नी पेङ लियुआनले बुधबार शेन्झेनमा एक भोजको आयोजना गर्नुभयो। (सिन्ह्वा/सिए हुआनची)
एपेक स्थापनाकालदेखि नै खुलापन, नवप्रवर्तन र सहकार्य यसको विशिष्ट पहिचानका रूपमा रहँदै आएको उल्लेख गर्दै उहाँले एपेकले समयको आवश्यकता र क्षेत्रीय आर्थिक एकीकरणको प्रक्रियालाई मार्गनिर्देशन गरेको बताउनुभयो । यसले एसिया–प्रशान्त क्षेत्रलाई विश्वकै सबैभन्दा गतिशील क्षेत्र तथा विश्व अर्थतन्त्रको महत्त्वपूर्ण विकास इन्जिनका रूपमा स्थापित गर्न योगदान पुर्याएको उहाँले उल्लेख गर्नुभयो ।
राष्ट्रपति सीले बिहीबार हुने नेताहरूको बैठकमा पारस्परिक खुलापन विस्तार गर्ने उपाय, नवप्रवर्तनमा आधारित आर्थिक विकासका मार्ग तथा विभिन्न क्षेत्रमा परिणाममुखी सहकार्यका अवसर विस्तार गर्ने विषयमा छलफल गरिने जानकारी दिनुभयो ।
रात्रिभोजअघि राष्ट्रपति सी र उहाँकी पत्नी फङ लियुआनले एपेकका सदस्य अर्थतन्त्रका नेताहरू, प्रतिनिधिहरू तथा उनीहरूका जीवनसाथीसँग सामूहिक तस्बिर खिचाउनुभएको थियो ।
रात्रिभोजपछि राष्ट्रपति दम्पतीले पाहुनाहरूसँगै सांस्कृतिक तथा कलात्मक प्रस्तुति अवलोकन गर्नुभएको थियो । सिन्ह्वा
