एसिया-प्रशान्त आर्थिक सहकार्यमा चीन अगुवा र प्रवर्द्धक : राष्ट्रपति सी चिनफिङ
सन् २०२६ नोभेम्बर १९ मा दक्षिण चीनको ग्वाङडोङ प्रान्तको शनचनमा चिनियाँ राष्ट्रपति सी चिनफिङले ३३औँ एसिया-प्रशान्त आर्थिक सहयोग (APEC) आर्थिक नेताहरूको बैठकको अध्यक्षता गर्नुभयो र "एसिया-प्रशान्त समुदायको निर्माण तथा एसिया-प्रशान्त चमत्कारको नयाँ अध्यायको रचना" शीर्षकमा महत्त्वपूर्ण मन्तव्य व्यक्त गर्नुभयो। (सिन्ह्वा/यिन बोगु)

शनचन (चीन) । चिनियाँ राष्ट्रपति सी चिनफिङले एसिया-प्रशान्त क्षेत्रको आर्थिक सहकार्यमा चीन एक अगुवा, प्रवर्द्धक र अग्रणी शक्ति रहेको बताउनुभएको छ । उहाँले एसिया-प्रशान्त समुदायलाई सहयोग पुर्‍याउने आधारस्तम्भ निर्माणका लागि चीन सबै पक्षसँग मिलेर काम गर्न तयार रहेको पनि बताउनुभयो ।

H7P39ivpM9Ft8GWD-1795088824.jpg
१९ नोभेम्बर २०२६ मा दक्षिण चीनको ग्वाङडोङ प्रान्तस्थित शनचनमा आयोजित ३३औँ एसिया-प्रशान्त आर्थिक सहयोग (APEC) आर्थिक नेताहरूको बैठकअघि, चिनियाँ राष्ट्रपति सी चिनफिङ अन्य अर्थतन्त्रका नेता तथा प्रतिनिधिहरूसँग सामूहिक तस्बिरका लागि उभिएका छन्। बिहीबार सम्पन्न उक्त बैठकको अध्यक्षता गर्दै राष्ट्रपति सीले "एसिया-प्रशान्त समुदायको निर्माण र एसिया-प्रशान्त चमत्कारको नयाँ अध्यायको रचना" शीर्षकमा महत्त्वपूर्ण मन्तव्य व्यक्त गरे। (सिन्ह्वा/याओ दावेई)

चीनको दक्षिणी प्रान्त क्वाङतोङस्थित शनचनमा बिहीबार आयोजित ३३औँ एसिया-प्रशान्त आर्थिक सहयोग (एपेक) नेताहरूको बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति सीले यस्तो धारणा व्यक्त गर्नुभएको हो ।

एसिया-प्रशान्त समुदाय निर्माणका लागि आर्थिक तथा व्यापारिक सम्बन्धलाई थप सुदृढ बनाउनु आवश्यक रहेको उल्लेख गर्दै उहाँले व्यापार तथा लगानी सहजीकरण, डिजिटल प्रविधिको विकास र व्यापार तथा लगानीका अवरोध घटाउनुपर्नेमा जोड दिनुभयो ।

क्षेत्रीय सम्पर्क सञ्जाल विस्तारका विषयमा उहाँले पूर्वाधार सञ्जाल सुधार, नीति तथा नियमावलीबीच समन्वय, जनस्तरको आदानप्रदान प्रवर्द्धन तथा पारस्परिक समझदारी र जनताबीचको सम्बन्धलाई थप प्रगाढ बनाउनुपर्ने बताउनुभयो ।

1jIN7AeQqLr9WH4m-1795088898.jpgसन् २०२६ नोभेम्बर १९ मा दक्षिण चीनको ग्वाङडोङ प्रान्तस्थित शनचनमा, चिनियाँ राष्ट्रपति सी चिनफिङले ३३औँ एसिया-प्रशान्त आर्थिक सहयोग (APEC) आर्थिक नेताहरूको बैठकको अध्यक्षता गर्नुभयो र "एसिया-प्रशान्त समुदायको निर्माण तथा एसिया-प्रशान्त चमत्कारको नयाँ अध्यायको रचना" शीर्षकमा महत्त्वपूर्ण मन्तव्य व्यक्त गर्नुभयो। (सिन्ह्वा/वाङ ये)

नवप्रवर्तनको महत्त्व औँल्याउँदै राष्ट्रपति सीले डिजिटल पूर्वाधार निर्माणमा थप प्रयास गर्नुपर्ने र कृत्रिम बौद्धिकता (एआई) को व्यापक प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने धारणा राख्नुभयो ।

त्यसैगरी, विकासलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै उहाँले ऊर्जा तथा खाद्य सुरक्षा, सीमापार भ्रष्टाचार नियन्त्रणसम्बन्धी सुशासन र हरित तथा न्यून कार्बन उत्सर्जनमुखी रूपान्तरणका क्षेत्रमा क्षेत्रीय अर्थतन्त्रहरूबीच सहकार्य अघि बढाउन आह्वान गर्नुभयो ।

उहाँले जनताको जीवनस्तर सुधार गर्न तथा मानव पुँजीमा लगानी बढाउन पनि जोड दिनुभयो ।

प्रकाशित मिति: बिहीबार, मंसिर ३, २०८३  ११:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update