पैचिङ । चीनका राष्ट्राध्यक्ष सी चिनफिङले शन चनमा एशिया प्रशान्त आर्थिक सहयोग संगठन (एपेक)का नेतागणको अनौपचारिक सम्मेलनमा सहभागी हुन चीन आउनुभएका चिलीका राष्ट्रपति जोसे एन्टोनियो कास्टसँग नोभेम्बर १७ तारिख अपरान्ह भेटघाट गर्नुभएको छ।
सी चिनफिङले चीन र चिली असल साझेदार हुन् भन्दै राष्ट्रपति कास्टसँग रणनीतिक निर्देशनलाई बढाउने, सही दिशालाई समात्ने, दुई मुलुकको सम्बन्धको विकासका लागि निलो चित्र कोर्ने, आ-आफ्नो मुलुकको विकास र पुनरुत्थान बढाउने आशा व्यक्त गर्नुभयो।

कास्टले चीनसितको सम्बन्धको विकास चिलीको विभिन्न पक्षको सहमति हो भन्दै चिलीले एक चीनको नीतिलाई दृढताका साथ कायम राख्ने, चीनसितको राम्रो सम्बन्धलाई सबल पार्ने, व्यापार तथा लगानीको सहकार्यको परिमाणलाई विस्तार गर्ने, कृषि, खनिज, नयाँ ऊर्जा मोटर गाडी, आधारभूत प्रबन्धको निर्माण, कृत्रिम बुद्धिमत्ताआदि क्षेत्रहरूको सहकार्यलाई विस्तार गर्ने, शिक्षा र साँस्कृतिक आदान-प्रदान गर्ने कुरा कुरा बताउनुभयो। सीजिटिएन
