पैचिङ । नोभेम्बर १७ तारिख बिहान चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव एवम् राष्ट्राध्यक्ष सी चिनफिङले शन चनमा एशिया प्रशान्त आर्थिक सहयोग संगठन (एपेक)का नेतागणको अनौपचारिक सम्मेलनमा सहभागी हुन चीन आउनुभएका भियतनामको कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव एवम् राष्ट्राध्यक्ष टो लामसँग भेटघाट गर्नुभएको छ।

सी चिनफिङले हालैका वर्षहरूयता चीन र भियतनामका दुई पार्टी र दुई मुलुकका सर्वोच्च नेताहरूले घनिष्ठ सम्पर्क कायम राखेर अझै उच्चस्तरीय रणनीतिक अर्थको चीन-भियतनाम भाग्य समुदायको सिर्जना गर्न गति प्रदान गरेकोबारे महत्वपूर्ण सहमति गरेको बताउनुभयो। यसबाट द्विपक्षीय सम्बन्धलाई नयाँ भर्यांग चढ्न निर्देशित गरेको र क्षेत्रीय शान्ति तथा विकासका लागि सकारात्मक ऊर्जा थपेको पनि उहाँले बताउनुभयो।
भेटवार्तामा भियतनामी राष्ट्राध्यक्ष टो लामले चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ केन्द्रिय समितिको पाँचौँ पूर्ण बैठकको आयोजना भएकोमा शुभकामना व्यक्त गर्नुभयो। एपेक “चिनियाँ वर्ष”को सफलताका साथ आयोजनाका लागि शुभकामना गर्दै उहाँले भियतनामले राष्ट्राध्यक्ष सी चिनफिङले प्रस्तुत गर्नुभएको महत्वपूर्ण विश्व प्रस्तावहरूको समर्थन गरेको, चीनसँग घनिष्ठ सम्पर्क गरी बहुपक्षीयतावादको संरक्षण गर्ने र विश्व दक्षिणको साझा हितको संरक्षण गर्ने आशा लिएको कुरा बताउनुभयो। सीजिटिएन
