पैचिङ । चीनका राष्ट्राध्यक्ष सी चिनफिङले शन चनमा एशिया प्रशान्त आर्थिक सहयोग संगठन (एपेक)का नेतागणको अनौपचारिक सम्मेलनमा सहभागी हुन चीन आउनुभएका मेक्सिकोका राष्ट्रपति क्लाउडिया शैनबाउम पार्डोसँग नोभेम्बर १७ तारिख अपरान्ह भेटघाट गर्नुभएको छ।

सी चिनफिङले चीनले सधैं नै दीर्घकालीन दृष्टिकोणबाट चीन र मेक्सिकोबीचको सम्बन्धलाई हेरेको बताउँदै मेक्सिकोसँग दुई मुलुकको सम्बन्धको उच्च गुणस्तरीय विकासको निर्देशन गर्ने आशा लिएको कुरा बताउनुभयो।
भेटवार्तामा मेक्सिकन राष्ट्रपति शैनबाउमले मेक्सिकोले एक चीन नीतिको दृढ एवं अक्षरशःपालना गरेको र चीनसितको सम्बन्धमा उच्च महत्व दिएको कुरा व्यक्त गर्नुभयो। उहाँले चालू वर्ष एशिया प्रशान्त आर्थिक सहयोग संगठनका आतिथेय मुलुकको रुपमा चीनले एशिया प्रशान्तको सहकार्यलाई अगाडि बढाउनका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको र आसन्न नेतागणको अनौपचारिक सम्मेलन सफल हुने विश्वास लिएको कुरा बताउनुभयो। सिजिटिएन
