RayNewsDaily
चिकित्सा शिक्षामा ४१८ सिट थपिए, सरकारी कलेजमा कम शुल्कमा पढ्ने अवसर विस्तार
  • चिकित्सा शिक्षामा एमबीबीएस, नर्सिङ र बीएमएसतर्फ ४१८ सिट थप ।
  • सरकारी शिक्षण संस्थामा मात्रै नयाँ सिट थपिएका हुन् ।
  • गेटामा ५० सिटसहित एमबीबीएस पढाइ सुरु हुने ।

काठमाडौँ । चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट थपिएका छन् ।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलका अनुसार थपिएका सिटमध्ये एमबीबीएसतर्फ ११०, बीएससी नर्सिङतर्फ २१० र बीएमएसतर्फ ९८ रहेका छन् ।

थपिएका सबै सिट सरकारी शिक्षण संस्थालाई उपलब्ध गराइएको छ । निजी कलेजहरूको सिट सङ्ख्या भने यथावत् राखिएको छ । सरकारी शिक्षण संस्थामा कम शुल्कमा अध्ययन गर्ने अवसर विस्तार गर्ने उद्देश्यले नयाँ सिट थपिएको हो ।

यसैबीच, कैलालीको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा ५० सिटसहित एमबीबीएसको पढाइ सुरु हुने भएको छ ।

त्यसैगरी, धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसतर्फ ३० सिट थपिएका छन् ।रासस

प्रकाशित मिति: शनिबार, असोज ३१, २०८३  १५:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update